कार्यविभाजन र मन्त्रीमण्डल हेरफेरका विषयमा ओली प्रचण्डबीच छलफल
इन्द्र रिजाल
असार ११, २०७६ बुधबार १९:३४:२१
काठमाडौं । पार्टीमा पछिल्लो समय देखिएको गतिरोध अन्त्य गर्ने विषयमा नेपाल कम्युनिष्ट पार्टी नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले छलफल गरेका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बिहान भएको छलफलमा राजनीतिक दस्तावेज सार्वजनिक गर्ने, नेताहरूको कार्यविभाजन र मन्त्रीमण्डल हेरफेरका विषयमा कुरा भएको बालुवाटार स्रोतले बताएको छ।
गत शनिबार बसेको सचिवालय बैठकमा राजनीतिक दस्तावेज पुनर्लेखन गर्ने या नगर्ने भन्ने विषयमा मत नमिलेपछि नेताहरू निर्णय नगरी उठेका थिए।
त्यसलगत्तै चितवन गएका अध्यक्ष प्रचण्ड मंगलबार काठमाडौं फर्केपछि आज दुई अध्यक्षबीच परामर्श भएको हो।पछिल्लो समय सार्वजनिक कार्यक्रमहरुमा नदेखिएका प्रधानमन्त्री ओलीले पार्टीका विभिन्न तहका नेताहरूसँग बालुवाटारमै बसेर छलफल गरिरहेका छन्।
उनले अहिले सरकारभन्दा पनि पार्टी अध्यक्षको हैसियतमा छलफल गरिरहेको र विवाद देखिएका विषयलाई कसरी सल्टाउने भनेर परामर्श गरिरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिए।
यस्तै प्रचण्डले पनि आफूनिकट नेताहरूसँग पार्टीभित्रै अबको आफूहरूको भूमिका कस्तो रहने भन्नेबारे छुट्टाछुट्टै छलफल गरिरहेका छन्।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
प्रदेश सरकारमा संकट पार्दै वैकल्पिक गठबन्धन निर्माणमा नेकपा एसको प्रयास
बैशाख ४, २०८१ मंगलबार
सत्ता गठबन्धनमा नेकपा एसको काउण्टर अट्याक, के होला उपनिर्वाचनपछि सरकारको अवस्था ?
बैशाख ३, २०८१ सोमबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न
बैशाख ५, २०८१ बुधबार
कोशीमा झन गरिँदैछ राजनीतिक संकट
बैशाख ५, २०८१ बुधबार
जसपाको महाधिवेशन एकताको प्रथम राष्ट्रिय महाधिवेशन हुने
बैशाख ५, २०८१ बुधबार
इजरायल र हमासबीचको युद्धको प्रभाव गुगल अफिसमा, किन हुदैछ प्रदर्शन ?
बैशाख ५, २०८१ बुधबार
गण्डकीमा सर्वोच्चको आदेश नटेर्ने एमालेको रणनीति
बैशाख ५, २०८१ बुधबार
शुक्रबार हुने सेमिफाइनलमा नेपालको प्रतिद्वन्दी युएई
बैशाख ५, २०८१ बुधबार