at Elysee Palace on December 12, 2017 in Paris, France."/>
Generated by IJG JPEG Library
Advertisement

एजेन्सी । गैरएप्पल फोन फर्म प्लेटफर्म लन्च नगर्नु र गुगललाई यो मौका दिनु सबैभन्दा ठूलो गल्ती भएको माइक्रोसफ्टका सहसंस्थापक बिल गेट्सले बताएका छन् ।

एन्ड्रोइड अपरेटिङ सिस्टम लन्च गरेर गुगल यो मामिलामा अगाडि परेको छ । जबकि माइक्रोसफ्टका लागि यो सामान्य कुरा थियो । मिडियाका अनुसार गेट्सले हालै मात्र एक समारोहमा यस्तो बताएका हुन् ।

माइक्रोसफ्ट हाल विश्वकै ठूलो प्रविधि कम्पनीमा समावेश भएको छ । यो सिस्टममा आफ्नो पुँजी लगाएको भए माइक्रोसफ्ट सर्वाधिक ठूलो कम्पनी हुने आपूmलाई लागेको उनले बताए ।

Advertisement

गुगलले २००५ मा ५ करोड डलरमा एन्ड्रोइड खरिद गरेको थियो । यो हाल विश्वकै सर्वाधिक लोकप्रिय स्मार्टफोन अपरेटिङ सिस्टम भएको छ ।

माइक्रोसफ्टको विन्डोज अपरेटिङ सिस्टम एन्ड्रोइड तथा आईओएस एन्ड्रोइड जत्तिको लोकप्रिय हुन सकेको छैन । विन्डोज मोबाइल डिभाइसको तुलनामा एन्ड्रोइड तथा आईओएसमा काम गर्ने एप्सको संख्या अत्यन्त कम छ । यसैका कारण मानिसले विन्डोज फोन कम किन्ने गरेका छन् ।

Advertisement