fbpx

प्रकाश सपुत र शम्भु राईवीच सहमति, अब शम्भु राईको नाम पनि ‘गलबन्दी’मा



नेपालबहस संवाददाता
 



saput$-sambhu

काठमाडौँ । देशभर अत्याधिक चर्चामा रहेको ‘गलबन्दी’ गीतको विवाद अन्ततः ४ बुँदे सहमतिमा टुंगिएको छ । प्रतिलिपि अधिकार रजिस्टारको कार्यलयममा भएको छलफल पछी सहमति भएको छ ।

गीतको विवादबारे बुधबार प्रतिलिपि अधिकार रजिस्टारको कार्यालयमा राई र सपुतवीच ४ बुँदे सहमति अनुसार, अब युटुबमा ‘गलबन्दी’ बोलको गीतको संगीत सिर्जनामा शम्भु राईको नाम समावेश हुनेछ भने पुनः संगीत सिर्जनामा प्रकाश सपुतको नाम समावेश हुने भएको छ ।
यस्तै, ‘गलबन्दी’ बोलको गीतको हालसम्मको तथा अब उप्रान्त कुनै पनि माध्यमबाट प्राप्त हुने आर्थिक अधिकार, प्रतिलिपि अधिकार, श्रष्टा, उत्पादक तथा प्रस्तोताले पाउने रोयल्टीमा प्रकाश सुपतकै अधिकार रहने र यसमा शम्भु राइले कुनै पनि दाबी नगर्ने सहमति भएको छ ।
गायक शम्भु राई र प्रकाश सपुतवीच गीतको लयका विषयमा केही समयदेखि लफडा चलिरहेको थियो ।

‘गलबन्दी’ गीत सार्वजनिक भएसँगै गायक शम्भु राईले यसमा समावेश भाका आफ्नो आवाजमा समावेश ‘देउसी भैली’ गीतको लयसँग मिलेको भन्दै प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यलयमा उजुरी दर्ता गरेका थिए । लामो समयको छलफलपश्चात सहमतिमा विवाद सकिएको छ ।


सम्बन्धित समाचार