‘लुम्बिनी विश्वको पवित्र स्थल’ : मुख्यमन्त्री पोखरेल
इन्द्र रिजाल
असार १२, २०७६ बिहिबार १२:२५:२९
लुम्बिनी । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले लुम्बिनी विश्वकै सबैभन्दा पवित्र स्थल भएको बताएका छन्। लुम्बिनी सांस्कृतिक नगरपालिकाको ५२ लाख लगानीमा कालिदहमा निर्माण गर्न थालिएको स्वागतद्वारको शिलन्यास गर्दै उनले भने, “लुम्बिनी प्रदेश नं ५ का लागि मात्रै होइन, यो देश विदेशका सबै मानव समुदायका लागि पवित्र स्थल हो ।”
उनले विश्व समुदायको पवित्र स्थल लुम्बिनीको विकास सरकारको प्रमुख प्राथमिकतामा रहेको बताए । उनले भने, “लुम्बिनी ५ नं प्रदेशको समृद्धिको मुख्य आधार हो । त्यसैले हामीले प्राथमिकताका साथ बजेटको व्यवस्थापन पनि गरेका छौँ ।”
लुम्बिनीको विकासका लागि सबैको सहयोग आवश्यक रहेको बताउँदै मुख्यमन्त्री पोखरेलले प्रदेश सरकारले घोषणा गरेको लुम्बिनी भ्रमण वर्ष २०७६ मा आ–आफ्नो ठाउँबाट सहभागी भइदिन पनि आग्रह गरे ।
लुम्बिनीमा स्वदेशी तथा विदेशीले अर्बौं लगानी आतुर रहेको दाबी गर्दै मुख्यमन्त्री पोखरेलले नगरपालिकाले जग्गाको उचित व्यवस्थापनमा ध्यान दिएमा लुम्बिनी देशकै नमूना शहरका रुपमा विकास हुने पनि बताए ।
उनले भने, “लुम्बिनी सांस्कृतिक नगरपालिका स्थानीय जनताको साथ लिएर एकताबद्ध भई योजनासहित अगाडि बढ्नुपर्छ । यहाँको पूर्वाधारका लागि आवश्यक बजेटको कमी प्रदेश सरकारले हुन दिने छैन ।”
सो अवसरमा नगर प्रमुख मनमोहन चौधरीले लुम्बिनी विश्वको आकर्षकको केन्द्र भए तापनि ग्रामीण भूगोल भएको लुम्बिनी सांस्कृतिक नगरपालिकाको पूर्वाधार विकास आयोजनामा प्रदेश सरकारको सहयोग आवश्यक भएको बताए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपइलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा 'हेर्दहेर्दै', अर्को सुनुवाई जेठ २३ मा हुने
बैशाख १२, २०८१ बुधबार
जादाजादै कतारका अमिरले भने- आतिथ्यताका लागि नेपाल र नेपालीलाई धन्यवाद !
बैशाख १२, २०८१ बुधबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
दिल्लीले चार रनले हरायो गुजरातलाई
बैशाख १३, २०८१ बिहिबार
यस्तो छ तपाइको आजको राशिफल
बैशाख १३, २०८१ बिहिबार
बागमती मन्त्रिपरिषद् बैठक : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नीति स्वीकृत
बैशाख १२, २०८१ बुधबार
स्याङ्जामा आगोले पाइप जलेपछि खानेपानीको समस्या
बैशाख १२, २०८१ बुधबार
खोटाङमा डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु
बैशाख १२, २०८१ बुधबार
महोत्तरीको मटिहानीमा आगोले बस्ती नै सखाप
बैशाख १२, २०८१ बुधबार