गाँठेकीराले कोदोबाली नष्ट, पुनः बीउ छर्कँदै किसान
इन्द्र रिजाल
असार १२, २०७६ बिहिबार १४:१७:३
हुम्ला । जिल्लाको दक्षिणी क्षेत्रमा रहेको सर्केगाड गाउँपालिका–३ मा गाँठेकीरा रोगले कोदोबाली नष्ट गरेको छ । वडा नं ३ मा रहेको गुसालेकमा गत चैतमा लगाएको कोदोबाली रोगले नष्ट गर्दा स्थानीयवासी चिन्तित छन् ।
गत चैतमा कृषकले खेतबारीमा छर्केको कोदोबाली कात्तिकमा उत्पादन हुने भए पनि गाँठेकीराले बाली नष्ट गर्दा त्यहाँका कृषकलाई समस्या बनाएको छ ।
पहाडी क्षेत्रमा उत्पादन हुने कोदोबालीमा रोग फैलिँदा उम्रिदै गरेको बाली गाँठेकीराले नष्ट गरेपछि कृषकले बारीमा कोदो फेरि छर्केका छन् ।
रोगको प्रकोपका कारण त्यहाँका किसानले कीटनाशक औषधि प्रयोगका लागि कृषि ज्ञान केन्द्र हुम्लामा जानकारी गराए पनि कुनै सुनुवाइ नभएको कृषक जीवन फडेराले जानकारी दिए ।
गाँठेकीराले कोदोबाली नष्ट गरेपछि पुनः उत्पादन गर्न खेतमा कोदो छर्कँदा कहिले उम्रेर कहिले फल लाग्ने भन्नेमा कृषक चिन्तामा परेका छन् । कोदो राम्रोसँग सर्न नपाउँदै पानी पर्न बन्द भएकाले पनि बारीमा कोदोको बोटमा रोग लागेको हुनसक्ने कृषकले बताउँदै आएका छन् ।
शुरुदेखि नै कोदोमा गाँठेकीरा, ग्वारोकीरा र खुम्लेकीराले सताउनुका साथै गोड्ने समयदेखि कोदोमा ढुसी, जरा कुहिने र फट्याङ्ग्राको प्रकोप अत्यधिक रहेको कृषकको भनाइ छ ।
आधुनिक खेती प्रणालीमा जान नसक्दा र व्यावसायिक खेती गर्न नसकेर कृषकले परम्परागत खेती गर्दा यस्तो समस्या निम्तिएको हो ।
कोदोबालीमा रोग लागेर नष्ट भएपछि त्यहाँका किसान भने कात्तिकमा के खाने भन्नेमा चिन्तित देखिएका छन् । छ महीनाको खेतीपाती छ महीनासम्म पु¥याउनुपर्ने जिल्लाका कृषकलाई यो वर्षको रोगले समस्या हुने भएको छ ।
यस्तै जिल्लाको सिमकोट गाउँपालिका–२ मा पनि कात्तिकमा उत्पादन हुने कोदोमा रोग देखापरेको किसानले बताएका छन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपछिल्लीकोटबासीको मुख्य आम्दानीको स्रोत माडागेडी
चैत १६, २०८० शुक्रबार
चैते धानमा किसानको आकर्षण बढ्दै
चैत १५, २०८० बिहिबार
किसानले यस वर्षको कुचो नकाटी बगानमै छाडे
चैत १५, २०८० बिहिबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पास गर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार
यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय
चैत १६, २०८० शुक्रबार
सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु
चैत १६, २०८० शुक्रबार
कम्युनिष्टसँग सहकार्य गर्दा कांग्रेसले गुमाएको गौरव
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार