मिल्छ भने बजेट फिर्ता लैजाउ : प्रदेश सांसद मल्ल
इन्द्र रिजाल
असार १२, २०७६ शुक्रबार ०:५७:१९
कास्की । गण्डकी प्रदेशका सांसद भागवतप्रकाश मल्लले स्याङ्जा क्षेत्र नं. २ को ‘ख’ मा आर्थिक वर्ष ०७६/७७ का लागि विनियोजित बजेट मिल्छ र ईज्जत बढ्ने भए फिर्ता लग्न प्रदेश सरकारलाई चेतावनी दिएका छन् । उनले विनियोजन विधेयक २०७६ माथि छलफलका क्रममा भौतिक पूर्वाधार विकास मन्त्रालयसँग सम्बन्धित विषयमा कुरा राख्दै उक्त चेतावनी दिएका हुन् ।
आफ्नो निर्वाचन क्षेत्रमा विनियोजित बजेटले क्रमागत योजना मात्र समेटेकोमा आपत्ति प्रकट गरे । नयाँ योजना सहित क्रमागत योजनालाई अगाडी नबढाएको भन्दै सांसद मल्लले आपत्ति प्रकट गरेको हुन् । मन्त्रालयका योजनाहरु उपलब्धी मुलक बन्न नसक्ने उनले ठोकुवा गरे ।
“स्याङ्गजाको निर्वाचन क्षेत्र २ को ख मा दुई नगरपालिका एक गाउँपालिका सडकमा क्रमागत बाहेक एउटा पनि सडक राखिएको छैन्, यसमा गम्भिर असहमति छ ।” उनले भने, “हामीले हाम्रो सम्भयताका रुपमा लिएको कालीगण्डकी किनार हुदै गल्याङ् देखि पहाडको भित्री मधेश कृषीको अथाहा सम्भाबना भएको चापाकोट नगरपालिकालाई जोडने सडकमा सरकारले आवश्यकता अनुसार चासो दिनुपर्ने हो तर दिन सकेन ।” उक्त सडकलाई कालोपत्रे गर्न मात्रै सकेको खण्डमा प्रदेशलाई कृषिमा आत्मनिर्भर बनाउन सकिने सांसद मल्लको विचार थियो ।
“निर्वाचन भएर सरकार बनेको पनि करिब ढेड वर्ष भयो, सरकार बनेपछि हामीले नागरिकको सेवामा अपेक्षाकृत काम गर्न सक्यौ या सकेनौं, त्यो नागरिकले अनुभूति गर्ने कुरा हो ।” सांसद मल्लले भने, हाम्रो प्रयास सधै सकारात्मक रहन्छ । मतदाताले मतदान गर्ने समयमा जुन अपेक्षा गरेका थिए, सरकारले हालसम्म त्यो अपेक्षालाई पूर्ति गर्न सकेको छैन् ।” सरकारको काम कारबाही प्रभावकारी बनाउने दायित्व हाम्रो पनि हो, त्यहि सन्दर्भमा म संसदको यो रोष्टमममा उभिएको छु । सरकारको कामलाई जनमूखी बनाउने आफ्नो प्रयास रहेको उल्लेख गरे ।
सभामुख महोदय,
“सरकारको नीति तथा कार्यक्रममा दुई स्थानीय तह, दुई जिल्ला, दुई प्रदेश र दुई आर्थिक केन्द्र तथा वडा देखि स्थानीय तहसम्म जोड्ने सडकलाई प्राथमिकता दिईने छ भनेर भन्ने तर बजेट त्यस अनुसार नबनाउने, यसले नीति एकातिर र बजेट अर्कोतिर बनेको आभाष भएको छ ।” उनले भने, प्रदेश सरकार बनेपछि आम नागरिकको आधारभूत आवश्यकता मध्ये खानेपानीको व्यवस्था गरिने छ भनेर भनियो । तर हालसम्म खानेपानीमा सर्वसाधारणको पहुँच पु¥याउन सरकारले बजेट विनियोजन गर्न पनि सकेको छैन् ।”
“आम कृषकले उपभोग र उपयोग गर्ने सिंचाई क्षेत्रलाई समेत सिमित घेरामा राखेर सरकारले सिंचाईका नाममा के गर्न खोजेको हो ? सिंचाईका योजनाहरुलाई नेतामुखी बनेकोमा भत्र्सना गर्दछु ।” सांसद मल्लले भने, “सिंचाईका योजनालाई कृषकमुखी बनाउन पर्दछ ।”
“स्याङ्जा जिल्ला निर्वाचन क्षेत्र २ को ख मा पर्ने सेतीबेनी देखि तत्लो भाग केलादीघाटसम्म पर्दछ, हाम्रो गण्डकी प्रदेशको पहिचानका रुपमा लिएको सेतीबेनी शिला संरक्षणमा सरकारले ध्यान दिन सकेन, सेतीबेनी शिला संरक्षणको पर्खाईमा छ, त्यस्तै धार्मिक शक्तिपिठका रुपमा रहेको केलादीघाट मन्दिरको विकास र संरक्षणमा समेत प्रदेश सरकारले विभेद ग¥यो ।” सांसद मल्लले भने, “यो सरकारले दुई वर्षभित्र प्रदेश अन्र्तगत आवश्यक भएका ठाउँमा झोलुङ्गे पुल निर्माण गर्ने भनेर भन्यो तर मेरो क्षेत्रमा प्रश्ताव गरेको ठाउँमा एउटा पनि झोलुङ्गे पुल भएन् ।”
भनिन्छ लोकतन्त्रमा पिछडिएको क्षेत्र र वर्गलाई बढि प्राथमिकता दिईन्छ तर यहाँ बजेट पिछडिएको क्षेत्र र वर्गलाई होईन सत्ता पक्ष केन्द्रित देखिएको सांसद मल्लले आरोप लगाए । उनका अनुसार स्याङ्जाको चापाकोट नगरपालिका वडा नं. ८ मा रहेको कुमाल जातीको संग्राहालय पूर्वाधार निर्माण गर्ने तर्फ बजेटले मागलाई सम्बोधन गर्न सकेन ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपविपिन जोशीको रिहाईको पहल गरिदिन कतारी अमिरलाई राष्ट्रपति पौडेलको आग्रह
बैशाख ११, २०८१ मंगलबार
प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता, राजनीतिक घटनाक्रमको विषयमा छलफल
बैशाख ११, २०८१ मंगलबार
राष्ट्रपति पौडेल र कतारी राजाबीच भेटवार्ता, साझा मुद्दामा सहकार्य गर्न कतारलाई आग्रह
बैशाख ११, २०८१ मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
गोरखा भूकम्पको सम्झनामा फोटो प्रदर्शनी हुने
बैशाख ११, २०८१ मंगलबार
रौतहटको करुनियामा आगलागीबाट ७ घर जलेर नष्ट, लाखौंको क्षति
बैशाख ११, २०८१ मंगलबार
निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द
बैशाख ११, २०८१ मंगलबार
सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा
बैशाख ११, २०८१ मंगलबार
जनकपुरमा होटलको एउटै कोठामा महिला र पुरुष झुन्डिएको अवस्थामा मृत फेला
बैशाख ११, २०८१ मंगलबार
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा
बैशाख ११, २०८१ मंगलबार