ओलीको विकल्प खोज्न मोर्चाबन्दी
इन्द्र रिजाल
असार १३, २०७६ शुक्रबार २२:५३:०
काठमाडौं । जर्मन तानाशाह एडोल्फ हिटलरको शैलीमा प्रस्तुत हुन थालेका खड्गप्रसाद शर्मा ओली र गोयबल्स भूमिकामा रहेका गोकुलप्रसाद बाँस्कोटा हिजोआज सबैजसो सार्वजनिक सभामा भन्ने गर्छन् – हामी दुई तिहाईको सरकार ।
जनताको अपार समर्थन बोकेको सरकारलाई यी छुसीहरुले औंला ठड्याउने ? ओली समूहको यस्तो हुुँकार अहिले सुन्ने गरिन्छ । हुन पनि ओली सरकार अन्धो र बहिरो छ । कसैको कुरा सुन्नेवाला छैन , न त देख्नेवाला नै । जनताले बहुमत दिनु भनेको उनका लागि जेसुकै गर्ने छुट पाउनु हो भन्ने बुझाईले काम गरेको छ । यसअघि पनि ओली ९ महिने सरकार प्रमुख भएका हुन् । भारतले अघोषित नाकाबन्दी लगाउँदा उनी नक्कली राष्ट्रवादीको छवि बनाउन सफल भएका थिए । सर्वसाधारणको मनमा उनीप्रति सद्भाव जागेको बेला थियो । यसको फाइदा उठाउँदै ओलीले अप्रत्यासित रुपमा नाटकीय ढंगले माओवादीसँग लगनगाँठो जोडे । उनको अभिष्ट थियो – जसरी पनि सत्तामा पुग्नु । यसका लािग माओवादीसँगको प्रणय फलदायी भयो पनि ।
नामका मात्र वरिष्ठहरु बाहिर लाली गाएर हिंड्नुपर्ने अवस्था आएको छ । परिणामतः परिस्थिति ओली विरुद्धको मोर्चाबन्दी यतिखेर कसिलो बन्दै छ । यसको परिणाम भनेको ओलीको अवशानको बाटो तयार हुँदैछ । कुनैपनि बेला ओलीले रोएर सत्ता छाड्ने,संकटकाल लगाउने वा मध्यावधि घोषणाको अवस्था नआउला भन्न सकिन्न ।
माओवादीसँग उनी र उनको गुट रणनीतिक रुपमा निकट देखिएपनि अन्तर्यमा भने ३६ कै आंकडा थियो । त्यसैको जिउँदोजाग्दो रुप अहिले मञ्चन भइरहेको छ । बाध्यताले गरिएको पार्टी एकीकरण अहिले दुर्घटनाको डिलमा छ । ओलीको एकछत्र राज पार्टी र सरकार दुबैतिर छ । ओलीले प्रचण्डलाई मात्र होइन आफ्ना पूर्व सहकर्मीलाई समेत थाङ्नामा सुुताएका छन् । आफ्नै पार्टीका अध्यक्ष र महासचिव भइसकेका पूर्व प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र झलनाथ खनाललाई उनले बेरोजगार बनाई दिएका छन् । नामका मात्र वरिष्ठहरु बाहिर लाली गाएर हिंड्नुपर्ने अवस्था आएको छ । परिणामतः परिस्थिति ओली विरुद्धको मोर्चाबन्दी यतिखेर कसिलो बन्दै छ । यसको परिणाम भनेको ओलीको अवशानको बाटो तयार हुँदैछ । कुनैपनि बेला ओलीले रोएर सत्ता छाड्ने,संकटकाल लगाउने वा मध्यावधि घोषणाको अवस्था नआउला भन्न सकिन्न ।
ओलीविरुद्धको माहोल
ओलीले सरकार बनेदेखि नै एकलौटी गर्न खोजे । जसले गर्दा उनलाई नेपाल र खनाल समूहले साथ दिएनन् । किनभने खनाल स्वयं राष्ट्रपति बन्न लालयित थिए । तर ओलीको हुकुमका अघिल्तिर खनाल लाचार भए । विद्या भण्डारीले आफै दोह¥याउने इच्छा गरेपछि कसैको केही चल्ने अवस्था रहेन । यो घटनाले खनालको मन कुँढिएको थियो । उता , पूर्व माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई ओलीपछिको हैसियतमा राखिएकोमा माधव नेपालको गम्भिर आपत्ति थियो ।
तर यसको खुलेर विरोध गर्नसक्ने हैसियतमा नभएकाले कालकुट विष पिएरै बसे नेपाल । समय आएपछि ओलीको शेखी झार्ने नेपालको दाउ थियो । समयक्रममा नेपालले प्रचण्डलाई नै प्रयोग गरी ओली विरुद्ध माहोल तयार गरे । साथै आफूखुसी गर्न लागेपछि गुठी विधेयकमा नेपालले काठमाडौंको नेवार समुदायलाई नराम्ररी भड्काइदिए । उता प्रचण्डमार्फत सत्ता हस्तान्तरणको मुद्धा उठाएर सरकार अस्थिर बनाउने रणनीति तयार गरियो । एकलौटी गर्न थालेकाले ओलीविरुद्ध घेराबन्दी गर्न यी प्रकरणहरु मञ्चन गरिएका थिए ।
ओलीको गोटी बने बादल
आफूविरुद्ध सिंगो पार्टी पंक्ति एकोहोरिएपछि ओलीले नयाँ चाल चले । उनले पूर्व माओवादी नेतासमेत रहेका गृहमन्त्री रामबहादुर थापा बादललाई प्रयोग गरे । सरकारमा ज्यादै कमजोर प्रस्तुति भएकाले बादल प्रचण्डको कोपभाजनमा पर्ने अवस्था थियो । तर ओलीले प्रचण्ड र नेपालकै शैलीमा बादल गोटी चालिदिए । बादल मौन बसेपछि नेपाल–प्रचण्डको चाहनाले आकार लिने अवस्था रहेन । साथै ओलीले प्रचण्ड–नेपालको गठबन्धन भत्काउन अर्काे रणनीति तयार गरिदिए । त्यो थियो – पार्टीको कार्यदिशाको मुद्धा । पूर्व एमालेको कार्यदिशा भनेको मदन भण्डारीको जनताको बहुदलीय जनवाद हो । त्यो नै पूर्व एमालेको मूल शक्ति हो । तर विगतमा पार्टी एकीकरण घोषणा गर्दा भने जनताको जनवाद कार्यदिशा बनाउने मौखिक सहमति भएको थियो ।
ओली पनि यही मौका पर्खेर बसेका थिए । प्रचण्डबाट अहिलेका मन्त्रीहरुलाई टाढा राख्ने अवसरका रुपमा परिस्थितिलाई उपयोग गरे । सोमबार हुने मन्त्रिपरिषदको नियमित वैठक उनले आइतवार नै राखे । र भनिदिए – कसैले चाहँदैमा मन्त्रिमण्डल हेरफेर हुनेवाला छैन । तपाईंहरु उच्च मनोबलका साथ काम गर्नूस् । नभन्दै यसबाट प्रचण्डलाई ठूलो धक्का लागेको छ ।
तर ओलीले मरेको बाघ व्यँुताएर नेपाल र प्रचण्डलाई अलग गर्ने तरिका अपनाइदिए । पार्टीको आधिकारिक दस्ताबेजमा जनताको वहुदलीय जनवाद नै कार्यदिशा राख्ने भनी ओलीले प्रचण्डलाई बताएपछि परिस्थिति फेरियो । मदन भण्डारीको सच्चा अनुयायी हो भनेर देखाउने भूत नेपालमा जाग्यो । जसले गर्दा माधव नेपाल ओलीको मुद्धामा वकालत गर्न वाध्य भए ।
प्रचण्डको आक्रोश
ओलीको चाला बुझेपछि प्रचण्डले कमजोर बनाउन पटक पटक मन्त्रिमण्डल पुनर्गठनको हल्ला फिंजाए । आजैभोलि भइहाल्छ भनेर सरकार अस्थिर बनाउन प्रचण्ड कस्सिए । यसबाट प्रचण्डले दुईवटा शिकार गर्न चाहन्थे । पहिलो भनेको सरकारमा आफूलाई साथ नदिने बादललगायतलाई पाखा लगाउन पाउने र एमालेबाट हटाइनेहरुको पनि साथ समर्थन लिन सजिलो हुने । बादललाई हटाएर उनी जनार्दन शर्मालाई गृहमन्त्रीमा ल्याउन चाहन्थे । यस प्रयोजनका लागि प्रचण्डले वालुवाटार नै गएर ओलीसँग पटक पटक आग्रह पनि गरे । तर परिणाम उल्टो आयो । किनभने ओली पनि यही चाहन्थे । बादल र प्रचण्डबीच फुट ल्याउन यो गतिलो हतियार बन्यो । साथै यसबाट राजनीतिक लाभ उठाउन खोजे ओलीले पनि । बादललाई नै बोलाएर प्रचण्ड तपाईलाई हटाउन चाहन्छन् भनिदिए । त्यसले बादलको साथ प्रचण्डले गुमाउने अवस्था आयो ।
ढिलो चाँडो ओली सरकारको विकल्प खोज्न वामदेव गौतमलगायतको शक्ति तयारी अवस्था छ । प्रचण्ड पनि सके ओलीका विरोधीको मोर्चा बनाएर सत्ताबाट लखेट्ने नसके आफैं अलग हुने निश्कर्षमा पुगिसकेका छन् । यसका लागि अबको एक महिना निर्णायक हुने छ । देशी विदेशी शक्ति केन्द्र पनि अब सग्लो नेपाल कम्युनिष्ट पार्टी रहिरहोस् भन्ने पक्षमा देखिएका छैनन् ।
तर जसरी भएपनि प्रचण्ड बादल हटाएर जनार्दन ल्याउन लालयित थिए । केही सिप नलागेपछि प्रचण्डले गएको शुक्रबार ओलीसँग मन्त्रिमण्डल पुनर्गठन नगरे दुर्घटना हुने चेतावनी दिए । साथै बाहिर सार्वजनिक रुपमै बजेट पारित भएलगत्तै पुनर्गठन हुने बताइदिए , यसमा ओली पनि सहमत भएको उनको बुझाइ रह्यो । ओली पनि यही मौका पर्खेर बसेका थिए । प्रचण्डबाट अहिलेका मन्त्रीहरुलाई टाढा राख्ने अवसरका रुपमा परिस्थितिलाई उपयोग गरे । सोमबार हुने मन्त्रिपरिषदको नियमित वैठक उनले आइतवार नै राखे । र भनिदिए – कसैले चाहँदैमा मन्त्रिमण्डल हेरफेर हुनेवाला छैन । तपाईंहरु उच्च मनोबलका साथ काम गर्नूस् । नभन्दै यसबाट प्रचण्डलाई ठूलो धक्का लागेको छ ।
प्रचण्ड आक्रमक ओली रक्षात्मक
नेपाल कम्युनिष्ट पार्टी भित्रको द्वन्द्व छताछुल्ल भईसकेको छ । प्रचण्डले सरकार विरुद्ध फायर खोलिसकेका छन् । तर ठीक ठाउँमा गोली लागेको चाहिं छैन । उता, प्रचण्डको गोली छल्न ओली रक्षात्मक भूमिकामा छन् । ओली बाहिर सतहमा चूप देखिएपनि भित्र भित्रै प्रचण्डको सामथ्र्य ध्वस्त पार्न लागिपरेका छन् । यसका लागि ईश्वर पोखरेल , विष्णु रिमाल , विष्णु पौडेललगायत नेता अहोरात्र रणनीति तयार गरिरहेका छन् । त्यसैले प्रचण्ड बाहिर जति कराएपनि त्यसको असर देखिएको छैन ।
तर यो अवस्था अब लामो समय टिक्ने स्थिति चाहिं छैन । ढिलो चाँडो ओली सरकारको विकल्प खोज्न वामदेव गौतमलगायतको शक्ति तयारी अवस्था छ । प्रचण्ड पनि सके ओलीका विरोधीको मोर्चा बनाएर सत्ताबाट लखेट्ने नसके आफैं अलग हुने निश्कर्षमा पुगिसकेका छन् । यसका लागि अबको एक महिना निर्णायक हुने छ । देशी विदेशी शक्ति केन्द्र पनि अब सग्लो नेपाल कम्युनिष्ट पार्टी रहिरहोस् भन्ने पक्षमा देखिएका छैनन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
प्रदेश सरकारमा संकट पार्दै वैकल्पिक गठबन्धन निर्माणमा नेकपा एसको प्रयास
बैशाख ४, २०८१ मंगलबार
सत्ता गठबन्धनमा नेकपा एसको काउण्टर अट्याक, के होला उपनिर्वाचनपछि सरकारको अवस्था ?
बैशाख ३, २०८१ सोमबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
अनामनगर मैतिदेवी क्षेत्रमा ५ बजेसम्म विद्युत अवरूद्ध हुने
बैशाख ८, २०८१ शनिबार
मुख्यमन्त्री अधिकारीले दिए गण्डकीमा चुमान र मनाङेलाई जिम्मेवारी
बैशाख ८, २०८१ शनिबार
सडक बालबालिकाः पहिचान पाउन अझै पनि कठिन
बैशाख ८, २०८१ शनिबार
भेरी नदी माथि बनेको पुल र आसपासको दृश्य
बैशाख ८, २०८१ शनिबार
हामीलाई कसैले कमजोर ठान्ने देशमा फेरी अर्को उथलपुथल हुन्छ : माधव नेपाल
बैशाख ८, २०८१ शनिबार
सार्वजनिक जग्गा संरक्षणमा लाग्न गृह मन्त्रालयको निर्देशन
बैशाख ८, २०८१ शनिबार