भैँसीलाई बेमौसममा गर्भाधान गराउँदै वैज्ञानिक
इन्द्र रिजाल
असार १४, २०७६ शनिबार १८:४५:३२
काठमाडाैं । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका वैज्ञानिकले निजी क्षेत्रमा पालिएका भैँसीलाई बेमौसममा गर्भाधान गराउनका लागि काम शुरु गरेका छन् । रामपुरमा रहेको आफ्नै फारममा यसमा सफलता मिलेपछि भरतपुर र माडीका कृषकले पालेका भैँसीमा अनुसन्धान थालिएको हो ।
वैज्ञानिकहरुले चैत, वैशाख, जेठ र असार महीनामा कमै सङ्ख्यामा भैँसी ब्याउने भएकाले ती समयमा पनि लैना भैँसी तयार गर्ने प्रविधिको अनुसन्धान सफल बनाएका हुन् । चैतदेखि असार मध्यसम्म भैँसीमा गर्भधारणको हिसाबले बेमौसम मानिन्छ ।
विश्वविद्यालयमा यस विषयमा अनुसन्धान गरिरहेका प्रा.डा. भूमिनन्दन देवकोटाका अनुसार माडीका २० जना कृषकका २५ वटा भैँसीमा बेमौसममा गर्भाधान गराइएको छ । भरतपुर महानगरपालिका–५ का इन्द्रमणि गैरेका नौ वटा भैँसीमा पनि गर्भाधानको प्रक्रिया अघि बढाइएको छ । ती भैँसीको पाठेघरको मुखमा छुने गरेर प्रोजेस्टेरोन नामको हर्मन राखिएको छ ।
ती भैँसीलाई आउँदो सोमबार कृतिम गर्भाधान गराइने प्रा.डा. देवकोटाले जानकारी दिए । विश्वविद्यालयको पशु प्रजनन प्रविधि विभागले विश्वविद्यालय हाताभित्र अघिल्लो वर्ष १३ वटा भैँसीमा बेमौसममा गर्भाधान गराएकामा पाँचवटा भैँसी ब्याएका थिए ।
गतवर्ष विश्वविद्यालयभित्र ११ वटा भैँसीमा गर्भाधान गराइएकामा सात वटा ब्यायको देवकोटाले जानकारी दिए । मुख्य अनुसन्धानकर्ता देवकोटाका अनुसार सन् २०१३ बाट निरन्तर गरिएको अनुसन्धानबाट यो सफलता मिलेको हो ।
भैँसीका प्रजनन अङ्ग कस्तो छ भनेर अल्ट्रासाउण्ड प्रविधिबाट हेरेर आवश्यकता अनुसारको हर्मोन तयार गरी भैँसीलाई खुवाउदा सुख्खा मौसममा भैँसी प्रजननमा सहज भएको जानकारी दिँदै उनले उक्त मौसममा नाम्ले, माटेलगायतका आन्तरिक परजीवीका कारण भैँसीमा तनाव हुने र वातावरणीय तापक्रमका कारण पनि भैँसीमा तनाव बढ्ने गरेको देखिएको उल्लेख गरे ।
हिउँदको समयमा पर्याप्त पोषणको अभाव र तनावका कारण भैँसीको शरीरभित्र आन्तरिक परजीवीको सङ्क्रमण बढी भएको पाइएकाले पोषणयुक्त खाना खुवाउने र विशेष किसिमको हर्मोन प्रयोग गरेर भैँसीलाई हिउँदको समयमा पनि प्रजनन योग्य बनाउन सकिएको अध्ययनले देखिएको अनुसन्धानकर्ता डा देवकोटाकाको भनाइ छ ।
साउनदेखि मङ्सिरसम्म भैँसीको प्रजननको हिसाबले सबैभन्दा उपयुक्त मौसम मानिन्छ । पुसदेखि फागुनसम्मको समयलाई मध्यम र त्यसपछिको समय पूर्ण सुख्खा एवं गर्भधारणका लागि अनुपयुक्त मानिन्छ । कुनै मौसममा दूध बढी भएर मिल्क होलिडे हुन्छ भने कुनै समयमा नेपालमा दूधको अभाव हुने गर्दछ ।
अनुसन्धानले नेपालमा भैंसीको उत्पादन, उत्पादकत्व वृद्धि गर्न सहयोग पुग्ने उनले बताए । नेपालमा कूल गार्हस्थ उत्पादनको २६ दशमलव ८ प्रतिशत हिस्सा कृषिले ओगटेकामा १३ प्रतिशत योगदान पशुजन्य स्रोतको छ भने भैँसीको मात्र योगदान छ प्रतिशत छ ।
नेपालको पहाडी क्षेत्रमा लिमे, पारकोटे र गड्डी जातका भैँसी पालिन्छ भने तराई क्षेत्रमा स्थानीय तराई जात र भारतीय मुर्रा जातको भैँसी पालिन्छ । नेपालमा ५२ लाख भैँसी रहेको सरकारी तथ्याङ्क छ ।
विश्व स्वास्थ्य सङ्गठनले प्रतिव्यक्ति प्रतिवर्ष ९१ लिटर दूध उपभोग गर्नुपर्ने जनाए पनि नेपालमा ७२ लिटर मात्रै उपभोग हुँदै आएको छ । देवकोटाले निजी क्षेत्रका भैँसीमा बेमौसममा गर्भाधान गराउने प्रविधिलाई व्यापकता दिन सकेमा सबै मौसममा दूध उत्पादन गर्न सकिने बताए ।
नारायण अधिकारीको सहयोगमा
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपचैते धानमा किसानको आकर्षण बढ्दै
चैत १५, २०८० बिहिबार
किसानले यस वर्षको कुचो नकाटी बगानमै छाडे
चैत १५, २०८० बिहिबार
अन्न उत्पादन घटेपछि म्याग्दीका किसान फलफूलखेतीमा
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
नेपालमा बस्छन ६० देशका अवैतानिक वाणिज्यदूत
चैत १५, २०८० बिहिबार