‘एक प्रहरी एक बिरुवा’ अभियान, ४०० बिरुवा रोपियो
इन्द्र रिजाल
असार १५, २०७६ आइतबार १३:९:४५
बैतडी । जिल्ला प्रहरी कार्यालय बैतडीले ‘एक प्रहरी एक बिरुवा’ रोप्ने अभियान सञ्चालन गरेको छ । अभियानअन्तर्गत शनिबार ४०० बिरुवा रोपिएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दीपक पातलीले जानकारी दिए।
वातावरण संरक्षण गर्ने उद्देश्यसहित जिल्लामा रहेका ४०० प्रहरीले सरकारी कार्यालय, सार्वजनिक स्थान र खाली रहेका क्षेत्रमा फलफूल तथा जडीबुटीका बिरुवा रोपेका हुन् ।
जिल्ला प्रहरी कार्यालयमा कार्यरत २५० प्रहरी र अन्य प्रहरी युनिटमा १५० गरी उक्त सङ्ख्यामा बिरुवा रोपिएका उनले बताए । उक्त अभियानमा बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेल, जिल्ला न्यायाधीश ईश्वरीप्रसाद भण्डारी, समन्वय उपप्रमुख धनबहादुर बोहरा, दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्रसिंह थापालगायतको उपस्थिति थियो ।
वन विनाश र जलवायु परिवर्तनका कारण पानीका मुहान सुक्नेदेखि वातावरणीय सन्तुलन बिग्रेकाले वृक्षरोपण गर्न आवश्यक भएकाले बिरुवा रोप्ने यो अभियान सञ्चालन गरेको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले बताए ।
“प्रहरीले मात्र होइन, सबैले एकएक बिरुवा रोपेर हुर्काउन सके पर्यावरण स्वच्छ राख्न सहयोग पुग्नेछ”, उनले भने, “यो अभियान मात्र हो, सबै नागरिक जागरुक भएर वृक्षरोपणमा सहभागी भए वातावरणलाई सफा, स्वच्छ, निर्मल राख्नुका साथै भावी पुस्ताका लागि सम्पत्ति बन्नेछ ।”
जेठ अन्तिम साता बैतडी प्रहरी प्रमुख भएर आएका पाण्डेयले जिल्लालाई नमूनायोग्य बनाउने बताए । प्रहरी र समुदाय मिलेर मात्र समुन्नत समाजको निर्माण हुने भएकाले सबैसँग हातेमालो गर्दै सामाजिक जिम्मेवारी निभाउने उनको भनाइ छ ।
प्रहरीले शान्ति सुरक्षासँगै समाजको वृहत्तर हितका लागि अन्य सामाजिक उत्तरदायित्व पनि निभाउँदै आएको छ । प्रहरीलाई डिभिजन वन कार्यालयले बिरुवा उपलब्ध गराएको हो ।
प्रहरीले चलाएको ‘एक प्रहरी, एक बिरुवा’ अभियानलाई जिल्लाका सरकारी एवं गैरसरकारी संस्थाका कर्मचारीले पनि साथ दिन सके उदाहरणीय काम हुने बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले बताए ।
बिरुवाको महत्व सर्वसाधारणलाई बुझाउन सके वन विनाश रोकिनुका साथै जलवायु परिवर्तनको असरलाई कम गर्न मद्दत पुग्ने विश्वास गरिएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
फरार रहेका जीवन चलाउनेविरुद्ध डिफ्युजन नोटिस जारी गर्न प्रहरीले गर्यो पत्राचार
बैशाख ६, २०८१ बिहिबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
इन्डिगो एयरलाइन्सको सीटमा १ केजी सुन भेटियो, ल्याउने मान्छे भेटिएन
बैशाख ६, २०८१ बिहिबार
'....नाँकको डाँडीमा लात्तीले हिर्काउनु पर्छ' भन्नेलाई मेरो सुझाव
बैशाख ६, २०८१ बिहिबार
छिन्नमस्तामा डिजिटल माटो परीक्षण प्रयोगशाला सञ्चालन हुने
बैशाख ६, २०८१ बिहिबार
मोरङ उद्योग व्यापार संघमा व्यापक गुटबन्दीले विवाद चुलियो
बैशाख ६, २०८१ बिहिबार