ज्याग्दीखोलामा झोलुङ्गे पुल निर्माण भएपछि आवतजावत सहज
इन्द्र रिजाल
असार १६, २०७६ सोमबार १८:५९:५
बेझाड । ज्याग्दीखोलामा झोलुङ्गे पुल निर्माण भएपछि स्थानीयवासीलाई आवतजावत सहज बनेको छ । नेपालकै अग्लो र लम्बाइका हिसाबले यो पुल तेस्रो स्थानमा पर्छ ।
चापाकोट नगरपालिका–५ हिरामलाङ र ८ दामाचौर जोड्ने ज्याग्दीखोलामा हालसालै निर्माणकार्य सम्पन्न भई पुल सञ्चालनमा आएको छ ।
पुल बनेपछि आवतजावत, मेलापात, घाँस दाउरा गर्न, विद्यालय जान सजिलो भएको स्थानीयवासी जीवलाल पाठक बताउछन् । तल खोलामा एउटा पक्की र झोलुङ्गे पुल रहेपनि एकान्त अनि कालीगण्डकीको दोभान नजिकै जङ्गल बीचमा हुँदा साँझ बिहान त्रासमा यात्रा गर्नुपर्ने बाध्यता थियो ।
केन्द्रीय आयोजना डोलीडार कम्पनीमार्फत जय नेपाल निर्माण सेवाले ठेक्का लिई पुल निर्माण गरेको हो । पुल निर्माण भएपछि दामाचौर र हिलामराङ क्षेत्रका स्थानीयवासी खुशी छन् ।
खोलाको सतहदेखि ११९ मिटर उचाइमा बनेका सो पुलको लम्बाइ ३१८ मिटर छ । पुलबाट दैनिक एक हजार पाँच सय यात्रु आवतजावत गर्ने गरेको पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष राजन डोटेल बताउछन्।
चापाकोट नगरपालिकालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न गरी समृद्ध नगर बनाउन, स्थानीय तथा विद्यालय जाने विद्यार्थी, विभिन्न सङ्घ संस्थामा कार्यरत कर्मचारी, यात्रुलाई मध्यनजर राखेर पुल निर्माण गरिएको उनी बताउछन् ।
“पुलका केही भागमा काम सकिएको छैन, आवतजावत चालु भए पनि अन्य काम भइरहेको छ” उनले भने । बञ्जि जम्पको अवधारणासहित अग्लो स्थानमा पुलनिर्माण गरिएको हो । अबको एक वर्षपछि यहाँ बञ्जिजम्प सञ्चालन गर्ने पुल निर्माण उपभोक्ता समिति, चापाकोट नगरपालिका र स्थानीयवासीको योजना छ ।
रु दुई करोड ९६ लाखको बोलपत्र आह्वान भएकोमा केही काम अझै बाँकी रहेकोले अनुमानित साढे चार करोड रकममा काम सम्पन्न हुने बताइएको छ । यो पुलबाट खोला वारिपारिका दर्जन गाउँलाई प्रत्यक्ष फाइदा पुग्नेछ ।
खोला वारपार गरेर माथि गाउँमा निस्कन करीब आधा घण्टा समय खर्चनुपथ्यो । अहिले पुल बनेपछि पाँच मिनेटमै वल्लो गाउँबाट पल्लो गाउँमा पुगिएको स्थानीय रामचन्द्र भट्टराईले बताए।
“यहाँ पुल बनेपछि वारपार गर्न दुरी छोटिएको छ, खोला वारिपारी रहेका छिमेकी गाउँको सम्बन्ध घनिष्टता हँुदै गएको छ” उनले भने । नेपालकै तेस्रो अग्लो र लम्बाइ भएको झोलुङ्गे पुल गण्डकी प्रदेशको पहिलो लामो पुल पनि हो ।
नमूनाका रुपमा निर्माण भएको पुल हेर्नेको अहिले घुइँचो छ । विभिन्न स्थानबाट यो पुल अवलोकन गर्न आउनेक्रम बढेको छ । यहाँ बञ्जिजम्प सञ्चालनमा आएपछि आन्तरिक पर्यटक मात्र नभइ बाह्य पर्यटक भित्र्याउन ठूलो सहयोग पुग्नेछ ।
कालीगण्डकीमा जलयात्रा, यस पुलमा बन्जिजम्प, रामपुरको बाहुनडाँडामा प्याराग्लाईडिङ्ग सञ्चालन गरेर प्रशस्त आम्दानी गर्न सकिने सम्भावना छ । यसलाई व्यावसायिक तवरले सञ्चालन गर्न सकियो भने कालीगण्डकी उपत्यकाको आर्थिक तथा पर्यटन विकासमा ठुलो टेवा पुग्नेछ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसंसदीय समितिमा फास्ट ट्रयाकबारे सेनाको बिफ्रिङ
बैशाख ७, २०८१ शुक्रबार
भेरी नदीमाथि निर्माणाधीन ‘बेलिब्रिज निर्माणले पायो तीव्रता
बैशाख ७, २०८१ शुक्रबार
नारायणगढ–मुग्लिन सडकका एघार पुल सञ्चालनमा, अन्यमा निर्माणको काम जारी
चैत ३०, २०८० शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
भारतले रोक्यो नेपाली चियाको निर्यात
बैशाख ७, २०८१ शुक्रबार
संसदीय समितिमा फास्ट ट्रयाकबारे सेनाको बिफ्रिङ
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
एसीसी प्रिमियर कपको फाइनलमा ओमान र युएई भिड्ने
बैशाख ७, २०८१ शुक्रबार
नेशनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा सुनिल पौडेल दोषी ठहर, ८ जनाले पाए सफाइ
बैशाख ७, २०८१ शुक्रबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार