fbpx

सखुवासभामा प्रहरीको गोली चल्यो, क्षतिको विवरण आउन बाँकी



नेपालबहस संवाददाता
 




सखुवासभा । सखुवासभामा नेत्रबिक्रम चन्द ुविप्लवु नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता माथि नेपाल प्रहरीले गोली चलाएको छ । नेकपाले प्रहरीमाथि गोली चलाउने आफ्नो पार्टीको कुनै नीति नरहेको दावी गरेको छ भने, प्रहरीले गस्ती गइरहेको प्रहरी टोली माथि विप्लवका कार्यकर्ताले गोली चलाएपछि जवाफी फायरिङ गरेको दावी गरेको छ ।

सोमबार आज बिहान करिव ९ देखि १० बजे बिचको समयमा नियमित गस्तीमा खटिएको प्रहरी र नेत्र बिक्रम चन्द विप्लव समुहका कार्यकताले गोली चलाएपछि प्रहरीले जवाफी फायरिङ गरेको घटनाका बिषयमा नेपाल बहस डटकमसंग कुरा गर्दै प्रहरीले जानकारी दिएको छ ।

हामीसंग कुरा गर्दै जिल्ला प्रहरीका जवान भन्छन्, प्रहरी टोलीमाथि बिप्लव समुहका कार्यकर्ताले गोली प्रहार गरेपछि प्रहरीले जवाफी फायरिङ गरेको हो ।

 प्रहरीका अनुसार जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट प्रहरी निरीक्षकको नेतृत्वमा गएको सात जनाको टोली र सशस्त्र प्रहरी बलको १० जनाको टोलीमाथि सिलिचुङ गाउँपालिका–१ होयाङग्लामा विप्लव समूहका कार्यकर्ताले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जानकारी दिएको छ ।


सम्बन्धित समाचार