युरोपेली आयोगको प्रमुखमा पहिलो पटक महिला
इन्द्र रिजाल
असार १८, २०७६ बुधबार २३:३३:५१
एजेन्सी । युरोपेली आयोगको प्रमुखमा पहिलोपटक महिलालाई प्रस्ताव गरिएको छ ।
युरोपेली संघ ईयूका नेताहरूले उक्त क्षेत्रीय समूहको उच्च पदहरूमा मनोनयन थाल्ने क्रमसँगै युरेपेली आयोगमा जर्मनीकी रक्षामन्त्री उर्जुला फोन डेर लायनलाई जाँ क्लोड युंकरको ठाउँमा प्रस्ताव गरिएको बीबीसीले जनाएको छ ।
युरोपेली केन्द्रीय ब्याङ्कको प्रमुखमा अन्तर्राष्ट्रिय मुद्रा कोषकी प्रमुख क्रिस्टिन लगार्डलाई मनोनयन गरिएको छ। केही दिनको कठिन वार्तापछि यी नामहरूको घोषणा गरिएको हो। उक्त क्षेत्रीय समूहको पाँच उच्च पदमा मनोनयन गर्न युरोपेली संघका नेताहरूले ब्रसल्समा तीन दिन बैठक गरेका थिए।
बेल्जियमका उदारवादी प्रधानमन्त्री सार्ल मिसेल युरोपेली परिषद्का अध्यक्ष डोनल्ड टुस्कको ठाउँमा मनोनित भएका छन् भने स्पेनका युसेफ बोरेल विदेश मामिला प्रमुखमा प्रस्तावित भएका छन्। पाँचौं महत्त्वपूर्ण पद युरोपेली संसदको अध्यक्षका लागि भने बुधवार मनोनयन गरिनेछ। धेरैजसो पदहरूलाई संसदले अनुमोदन गर्नुपर्नेछ।
युरोपेली परिषद्का अध्यक्ष डोनल्ड टुस्कले युरोपेली संसदको पहिलो सत्रअघि सबै पदहरूमा सहमति गरेको बताएका छन्।
फ्रान्सका राष्ट्रपति एम्यानुअल माक्रोँले युरोपेली आयोगको प्रमुखमा मनोनयन गरिएकी फोन डेर लायन निकै राम्रो उम्मेदवार भएको र उनी राम्रो छनौट भएको बताएका छन्। आयरल्याण्डका प्रधानमन्त्री लियो भराडकरले दुई मुख्य पदमा महिलाको नाम मनोनयन गरिएको विषयले युरोपेली संघ लैङ्गिक समानता तर्फ अघि बढिरहेको भन्ने परिवर्तन उन्मुख सन्देश दिएको बताएका छन्।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपस्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
आयरल्याण्ड वुल्भ्सले नेपाललाई दियो २२३ रनको लक्ष्य
चैत १६, २०८० शुक्रबार
छिल्लीकोटबासीको मुख्य आम्दानीको स्रोत माडागेडी
चैत १६, २०८० शुक्रबार
लागुऔषध कोकिनको कारोबारमा संलग्न दुईजना पक्राउ
चैत १६, २०८० शुक्रबार
कपनबाट पेस्तोलसहित एकजना पक्राउ
चैत १६, २०८० शुक्रबार
बाँकेमा बालविवाह न्यूनीकरण चुनौतीपूर्ण
चैत १६, २०८० शुक्रबार
जुगल हिमाल आरोहणको अन्तिम तयारीमा
चैत १६, २०८० शुक्रबार