fbpx

करिव ८ घण्टापछि फेसबुकको समस्या समाधान



नेपालबहस संवाददाता
 




काठमाडौं । सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपमा देखिएको समस्या झण्डै ८ घण्टापछि समाधान भएको छ । फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपमा विश्वभर समस्या देखिएको थियो । यसका केही फिचरले काम गरेका थिएनन् । फेसबुकले समस्या समाधान भएको जनाएको छ ।

तस्बिर तथा भिडियो लोड नहुने समस्या देखिएको थियो । प्रयोगकर्ताले फेसबुकको एप्लिकेशन तथा वेबसाइट दुवैमा केही तस्बिर, भिडियो तथा अन्य डाटामा पहुँच नपाएको बताएका थिए । इन्स्टाग्राममा पनि यस्तै समस्या देखिएको थियो भने तस्बिर लोड भएका थिएनन् ।

फेसबुकले ट्वीट गरेर समस्या समाधानका लागि काम भइरहेको बताएको थियो । बिहीबार बिहान फेसबुकले ट्वीट गरेर समस्या समाधान भएको जनाएको हो ।


सम्बन्धित समाचार