fbpx

सशस्त्र प्रहरीले तराई क्षेत्रमा पनि स्कुल खोल्ने



नेपालबहस संवाददाता
 




सप्तरी । सशस्त्र प्रहरीले तराई क्षेत्रमा पनि स्कुल खोल्ने भएको छ । स्कुलका लागि भवन निर्माणको उद्घाटन सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनालले गरेका छन् ।सप्तरीको शम्भुनाथ नगरपालिका ११ मा नेपाल एपीएफ ठाकोदेवी जोगेन्द्र भगत स्कुल संचालनमा आउनेछ ।

भवन उद्घाटनपछि खनालले संगठनले शान्ति सुरक्षा एवं सुशासन कायम राख्ने कार्यमा व्यावसायीक कुसलतापुर्वक उत्कृष्ट योगदान पु¥याईरहेको चर्चा गर्दै अतिरिक्त शिक्षाको क्षेत्रमा समेत योगदान पु¥याउने उद्वेश्यले राजधानी बाहिर यस बिद्यालय संचालन गर्ने प्रयास गरिएको उल्लेख गरे ।

सशस्त्र प्रहरी महानिरीक्षक खनालले राजधानी बाहिर यस्ता बिद्यालय संचालन गरिदा सशस्त्र प्रहरी कर्मचारी एवं स्थानिय नागरिकका सन्ततीको शिक्षादिक्षामा योगदान पु¥याउन सकिने बताए । बिद्यालय स्थापना गर्ने कार्यमा सहयोग पु¥याउने सबै प्रति आभार प्रकट गरे ।

बिद्यालय परिसरको निर्माण कार्य ५ करोड ६८ लाख ७६ हजार रुपैयाँको लागतमा निर्माण सम्पन्न गरिने सशस्त्र प्रहरी बलले जनाएको छ बिद्यालय निर्माणका लागी जोगेन्द्र भगतले जग्गा दान गरेका थिए ।

सप्तरी जिल्लाको शम्भुनाथ नगरपालिका वडा नं। ११ मा रहेको करिव २५ करोड ६५ लाख रुपैयाँ बराबरको ८ बिगाह ११ कठ्ठा जमिन गत २०७३ साल मंसीर ६ गते जोगेन्द्र भगत तथा श्रीमती ठाकोदेवी भगतले निःशुल्क उपलब्ध गराएका थिए ।

सो ठाउँमा शैक्षिक भवन, प्रधानाध्यापक आवास, गार्ड भवन, पानी ट्याङ्की, सेफ्टी ट्याङ्की, फुटवल ग्राउण्ड, मेनगेट लगायतको स्कुल परिसर आगामी ११ महिना भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको सशस्त्रले जनाएको छ ।


सम्बन्धित समाचार