जनता बैंक
Advertisement

काठमाडौं । जनता बैंक नेपाल लिमिटेड र ओम हस्पिटल एण्ड रिसर्च सेन्टर, चाबहिल बीच बैंकका ग्राहक तथा कर्मचारी र तिनका अश्रितहरुलाई स्वास्थ्य सेवामा छुट दिने सम्बन्धि संझौता सम्पन्न भएको छ ।

संझौता पत्रमा हस्पिटलका प्रबन्ध संचालक बाबुकाजी कार्की र जनता बैंक चाबहिल शाखाका शाखा प्रबन्धक सुरेश गौतमले हस्ताक्षर गरेका छन् । संझौता अनुसार जनता बैंकका ग्राहक तथा कर्मचारी र तिनका आश्रितहरुले उक्त अस्पतालको सेवा लिएवापत बिशेष छुट प्राप्त गर्न सक्नेछन् ।

उक्त छुट सुविधा अस्पतालबाट प्रदान गरिने सम्पूर्ण ओ.पि.डि. सेवा, ल्याव, भर्ना भई गरिने उपचार सेवा, बेड चार्ज तथा अप्रेशनमा प्रदान गरिने छ । उक्त छुट सुविधा अस्पतालको बिल भुक्तानीको क्रममा ग्राहकले बैंकको एटीएम कार्ड अथवा ग्राहक खुल्ने कुनै कागजात पेश गरी लिन सक्नेछन् ।

Advertisement
Advertisement