fbpx

स्वार्थ समूहलाई रिझाउन गभर्नर नेपाल उत्रिए गुण्डागर्दी शैलीमा !

को को हुन बिग मर्जरका तीन डन ?



विशेष आर्थिक संवाददाता
 



banker in nepal

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपाल जसरी पनि बैंक तथा वित्तिय संस्थाको संख्या घटाउने अभियानमा लागेका छन् । यसका लागि आवश्यक परे गुण्डागर्दीको शैली अपनाउनसमेत उनी तत्पर देखिएका छन् ।

हिजो विहिबारदेखि गभर्नर नेपालको सरकारी संयन्त्र गुण्डागर्दीको शैलीमा विकास बैंकलाई थर्काउन अग्रसर भएको छ । राष्ट्र बैकको सुपरीवेक्षण विभागले राष्ट्रियस्तरका विकास बैंकका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतलाई डाकेर फोर्स मर्जरमा जान तयार हुनू भन्ने फरमान जारी गरेको छ । छलफलका लागि भनेर डाकिएका विकास बैंकका अध्यक्ष र प्रमुख कार्यकारीसँग जबरर्जस्ती प्रतिवद्धता पत्रमा हस्ताक्षर गराउन थालिएको छ ।

ऋण लगानी वा कारोबार आफूले मात्र गर्न गराउन चाहने त्यो समूह लामो समयदेखि सक्रिय छ । खासगरी पृथ्वीबहादुर पाण्डेको इन्भेष्टमेण्ट समूह , चन्द्र ढकालको ग्लोबल आईएमई समूह र देवीप्रसाद भट्टचनको प्रभू समूहको दवाव र चाहनामा गर्भनर नेपाल अग्रसर भएको दावी राष्ट्र बैंक स्रोतले गरेको छ ।

दुई साताअघि गभर्नर नेपाल आफैं पनि यस्तै शैलीमा प्रस्तुत भएका थिए । उनले वाणिज्य बैंकका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतसँग मर्जर प्रतिबद्धता मागेका थिए । बिग मर्जरले नेपाल जस्तो मुलुकलाई फाइदा भन्दा नोक्सानी बढी हुने पक्ष सार्वजनिक हुन थालेपछि गभर्नर नेपाल आत्तिएका छन् । कतै मर्जर बिरुद्ध जनमत तयार हुने र निर्णयबाट फिर्ता हुनुपर्ने त हैन भन्ने चिन्ताले उनी छटपटाएका छन् । त्यसैले राष्ट्रिय स्तरका विकास बैंकलाई समेत थर्काउन उनी लागिपरेका हुन् ।

गभर्नर नेपालको कार्यकाल अब सात महिना मात्र बाँकी छ । उनको कार्यकालको अन्तिम मौद्रिक नीति आगामी असार २७ गते सार्वजनिक गर्ने तयारी भइरहेको छ । उनी जसरी पनि बैंक तथा वित्तिय संस्थाको संख्या घटाउन एकोहोरो ढंगले लागिपरेका छन् । किनभने उनी कसैको मोहराका रुपमा काम गर्ने मानिस हुन् । विगतदेखि नै उनी स्वार्थ समूहको इशारामा काम गर्ने मानिस हुन् । विविध कारणले अघिल्ला बर्षहरुमा उनले बिग मर्जर नीति ल्याउन सकेका थिएनन् । तर वर्तमान केपी ओली सरकारलाई समेत स्वार्थ समूहले प्रभावित पार्न सफल भएपछि गभर्नर नेपाललाई के खोज्छस् काना आँखा जस्तो भएको छ ।

यी तीनजनाको दवावमा गभर्नर नेपाल जसरी पनि फोर्स मर्जर गरेरै भएपनि बैंक तथा वित्तीय संस्थाको संख्या घटाउने अभियानमा छन् । वित्तिय क्षेत्रमा कार्टेलिङ गर्न र एकलौटी गर्न नै उनीहरु यो अभियानमा जुटेका हुन् । यस प्रयोजनका लागि गभर्नर नेपाललाई ठुलै आर्थिक प्रलोभन दिइएको सूत्रको दावी छ । गभर्नर नेपाल यही चैत महिनामा सेवा निवृत्त हुँदैछन्

नेपालमा केही स्वार्थ समूह बैंक तथा वित्तिय क्षेत्रमा एकलौटी गर्न चाहन्छ । ऋण लगानी वा कारोबार आफूले मात्र गर्न गराउन चाहने त्यो समूह लामो समयदेखि सक्रिय छ । खासगरी पृथ्वीबहादुर पाण्डेको इन्भेष्टमेण्ट समूह , चन्द्र ढकालको ग्लोबल आईएमई समूह र देवीप्रसाद भट्टचनको प्रभू समूहको दवाव र चाहनामा गर्भनर नेपाल अग्रसर भएको दावी राष्ट्र बैंक स्रोतले गरेको छ ।

यी तीन वटै समूह अहिले नेपाली वित्तिय क्षेत्रका डन मानिन्छन् । नेपाल इन्भेष्टमेण्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाण्डेलाई बैंकिङ क्षेत्रमा माफियाका रुपमा लिने गरिन्छ । विदेशी समूहको लगानी भित्र्याएर एकलौटी गर्ने उनको चाहनालाई गभर्नर वैधानिकता दिन सक्रिय छन् । यस्तै ग्लोबल आईएमआई समूहका चन्द्र ढकाल पहिला राष्ट्रिय बाणिज्य बैंककै पाँच तहका कर्मचारी हुन् । ठूलो महत्वाकांक्षा राख्ने उनी छोटो समयमा अर्बौंको कारोबार गर्ने बैंकिङ टाइकुन बन्न सफल भइसकेका छन् । उनको चन्द्रागिरि केवुलकार र रिर्सोट विवादास्पद रहेको छ । सरकारसँग गोलमटोल अनुमति लिएर उनले चन्द्रागिरिमा रिसोर्ट बनाएका छन् ।

राष्ट्र बैंककै कतिपय वरिष्ठ कर्मचारीसमेत अहिले फोर्स मर्जर भन्दा स्वतन्त्र रुपमा ऐच्छिक मर्जरमा जाने नीति उपयुक्त हो भन्छन् । तर स्वार्थ समूहको इच्छा विपरित केही गर्न सक्ने हैसियतमा भने देखिएनन् ।

अर्का देवीप्रसाद भट्टचन पनि बैकिङ क्षेत्रका माफिया मानिन्छन् । यी तीनजनाको दवावमा गभर्नर नेपाल जसरी पनि फोर्स मर्जर गरेरै भएपनि बैंक तथा वित्तीय संस्थाको संख्या घटाउने अभियानमा छन् । वित्तिय क्षेत्रमा कार्टेलिङ गर्न र एकलौटी गर्न नै उनीहरु यो अभियानमा जुटेका हुन् । यस प्रयोजनका लागि गभर्नर नेपाललाई ठुलै आर्थिक प्रलोभन दिइएको सूत्रको दावी छ । गभर्नर नेपाल यही चैत महिनामा सेवा निवृत्त हुँदैछन् ।

र याे पनि पढ्नुहाेस्.…..किन गले सीईओहरु ?

स्वार्थ समूहको चाहना बमोजिम बैंक तथा वित्तिय संस्थाको संख्या घट्यो भने सामान्य व्यवसाय गर्न चाहनेले सामान्य ऋण पनि पाउने अवस्था नै रहने छैन । जबरर्जस्ती मर्जर गर्दा अस्वस्थ प्रतिस्पर्धा हुने र सीमित व्यक्ति वा समूह मात्र मोटाउने अवस्था आउने छ । साथै वित्तिय सेवाको गुणस्तरमा समेत कमी आउने र तरलता अभाव अझै बढ्ने विज्ञहरु बताउँछन् ।

र याे पनि पढाैं कि.…..गभर्नर नेपाल र गाउँको मुखिया

तर गभर्नर नेपाल भने कसैको तर्क सुन्न तयार छैनन् । राष्ट्र बैंककै कतिपय वरिष्ठ कर्मचारीसमेत अहिले फोर्स मर्जर भन्दा स्वतन्त्र रुपमा ऐच्छिक मर्जरमा जाने नीति उपयुक्त हो भन्छन् । तर स्वार्थ समूहको इच्छा विपरित केही गर्न सक्ने हैसियतमा भने देखिएनन् ।

बिग मर्जर सम्बन्धि थप समाचार…..गर्भनर नेपाल माफिया र बिचौलियाको रक्षाकवच बन्दै, के हाे फोर्सफुल मर्जको भित्री खेल ?

♦ बिग मर्जरको नाममा गर्भनरको ईमोशनल ब्ल्याकमेलिङ !

♦  आवश्यक नै छैन बिग मर्ज नीति-‘टाइकुन’हरुको डिजाइन मात्र


सम्बन्धित समाचार