छुरा प्रहार गरी फरार रहेका चार जना पक्राउ
इन्द्र रिजाल
असार २०, २०७६ शनिबार ४:२५:१४
काठमाडौं । नेपाल प्रहरीले छुरा प्रहार गरी गम्भीर घाइते बनाई फरार रहेका चार जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले असार १६ गते काठमाडौँ महानगरपालिका–७ पशुपति मित्र माध्यामिक विद्यालय चावहिलमा दुई जनालाई घाइते बनाएर फरार रहेका उदयपुरका असिम लामा र सरोज श्रेष्ठ तथा कास्कीका निश्चल आलेमगर र भारत दार्जिलिङका सरोज राईलाई पक्राउ गरेको हो ।
परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक होबिन्द्र बोगटीका अनुसार ओखलढुङ्गाका विजय बानियाँ र काठमाडौँका सुदीप घिमिरेलाई घाइते बनाएर चारैजना फरार भएका थिए ।
घाइते दुवैको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा उपचार भइरहेको छ । लागुऔषध सेवन गरी उनीहरुले एकापसमा झगडा गरेको अनुसन्धानका क्रममा खुलेको प्रवक्ता बोगटीले बताए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपहाजिरी जमानतमा रिहा भए कृष्णबहादुर महरा
चैत ९, २०८० शुक्रबार
नन्दकिशोरका दुई पुत्रको सुन र सहकारीमा कसुर नै कसुर
चैत ९, २०८० शुक्रबार
सीआईबीले लिएको दुइदिने बयानमा महराद्वारा आरोप अस्वीकार
चैत ८, २०८० बिहिबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
सिराहामा बाहिरियो नेपाली विषयको प्रश्न पत्र
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पास गर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु
चैत १६, २०८० शुक्रबार
कम्युनिष्टसँग सहकार्य गर्दा कांग्रेसले गुमाएको गौरव
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार
क्रिप्टो संस्थापक ब्याङ्म्यान–फ्राइडलाई २५ वर्ष जेल सजाय
चैत १६, २०८० शुक्रबार