चितुवाको आक्रमणबाट घाइतेलाई राहतस्वरुप आर्थिक सहयोग
इन्द्र रिजाल
असार २१, २०७६ शनिबार १४:४७:२३
राँझा । डिभिजन वन कार्यालय बाँकेले चितुवाको आक्रमणमा परी घाइते भएका बाँकेको खजुरा गाउँपालिका–३ धौलागिरीका दीपबहादुर श्रीसलाई राहतस्वरुप रु दुई लाख सहयोग गरेको छ ।
नेपाल सरकारको वन्यजन्तुबाट हुने क्षतिको राहतकोषअन्तर्गत उक्त रकमको चेक घाइते श्रीसलाई प्रदान गरिएको डिभिजन वन कार्यालय बाँकेका डिभिजन वन अधिकृत मोहन श्रेष्ठले बताए ।
गाउँ बस्तीमा पसेर वन्यजन्तुले मानवलाई क्षति गरेमा यस्तो खालको राहत प्रदान गरिने सरकारको नियम कानूनअनुसार उनलाई सहयोग प्रदान गरिएको वन अधिकृत श्रेष्ठले जानकारी दिए ।
वन्यजन्तु गाउँ बस्तीमा पसेर कुनै पनि मानवलाई आक्रमण गरी सामान्य घाइते बनाए रु ५० हजार, गम्भीर घाइते बनाए रु दुई लाख र मृत्यु नै भए रु १० लाखसम्मको राहतबापत आर्थिक सहयोग हुने व्यवस्था रहेको छ ।
श्रीसलाई गाउँमै चितुवाले आक्रमण गर्दा गम्भीर घाइते भएका थिए। नेपालगञ्जस्थित अस्पतालमा उपचारपछि उनको स्वास्थ्यमा सुधार आएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपविश्व औलो दिवसः विदेशबाट आएकाबाट बढी जोखिम
बैशाख १३, २०८१ बिहिबार
बाँकेका वनमा लागेको डढेलोले खरायो, सर्प र चरा मरे
बैशाख १३, २०८१ बिहिबार
खोटाङमा आगलागीबाट ७९ घर जले, एकको मृत्यु
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार