Advertisement

काठमाडौं। सरकारले सीमा बिन्दुमा आयतित तरकारी तथा फलफुलको विषादी परीक्षण गर्ने आफ्नै निर्णय फिर्ता लिएपछि कडा आलोचना भएको छ।

नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले शनिबार साँझ विज्ञप्ति जारी गर्दै सरकार आफ्नै निर्णयमा अडिग रहन नसेको भन्दै ‘महान प्रदुषण भरिएको शहरमा मास्क नलगाई हिंडौं ! तर विषादीयुक्त तरकारी खाएर‘ सम्माननिय प्रधानमन्त्रीको महान रास्ट्रवादको गुणगान गाउंदै हिंडौं ? भन्दै सरकारको आलोचना गरेका छन् ।

स्मरण रहोस प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओलीले आफुलाई ‘महान राष्ट्रवादी’ मान्छन् । चुनावताका आफु राष्ट्रवादी अरु सबै भारतपरस्त भन्ने उनको भनाइ रहने गथ्र्यो ।

Advertisement

जारी विज्ञप्तमिा कांग्रसेले विषादी परीक्षणलाई निरन्तरता दिनसमेत माग गरिएको छ । विज्ञप्तीमा भनिएको छ, ‘नागरिक जीवन माथि खेलवाड गर्ने गैह्र जिम्मेवार सरकारको भत्र्सना गर्दै नेपाली कांग्रेस विषादीयुक्त तरकारी–फलफुल प्रवेशमा तत्कालै कडा परिक्षण र नियन्त्रणको मार्गमा उभिन सरकारलाई सचेत गराउँदछ ।’

काँग्रेसको विज्ञप्तिः

१. नागरिक जीवनका प्रति गम्भीर संवेदनशीलता राखेको भ्रम सम्प्रेषण गर्ने तर नागरिकको स्वास्थ र समग्र जीवनप्रति गम्भीर खेलवाड गर्न किञ्चित नहिच्किने वर्तमान सरकारको जनविरोधी प्रवृत्तिलाई नेपाली कांग्रेसले गम्भीरतापूर्वक लिएको छ ।

२. नेपाल–भारत सिमाको भन्सार विन्दुमा तरकारी फलफुल लगायतमा विषादीको अवशेष अनिवार्य परिक्षण गर्ने नीति सरकार स्वयंले सूचना प्रकाशित गरेर सार्वजनिक गरेको थियो । तर अहिले आएर सरकारले एकाएक कुनै परिक्षण वेगर भित्रिन दिने आदेश दिएको समाचार अत्यन्त गम्भीर छ । नेपाली कांग्रेस यसबारेमा पारदर्शी र आधिकारिक धारणा तत्काल सार्वजनिक गर्न सरकार समक्ष माग गर्दछ ।

३. काठमाडौँ सहरको प्रदुषणको प्राविधिक मापनको ज्ञान वेगर एकातर्फ मास्क नलगाई हिड्न अपिल गर्ने अनि अर्कोतर्फ विषादीयुक्त तरकारी परिक्षण वेगर अन्धाधुन्ध प्रवेश गर्न दिने दोहोरो चरित्र सरकारले प्रस्तुत गर्नु अत्यन्त दुःखद छ ।

४. विषादीयुक्त खाद्य पदार्थका कारण अनेक रोगले नागरिकलाई गाँजिरहेको तथ्यलाई विर्षिएर सरकार आफ्नै घोषणा विपरीत उभिनु नागरिक जीवन माथि हदैसम्मको गैह्र जिम्मेवारी हो । निर्वाचनका बेला अभिव्यक्त महान राष्ट्रवादी नारा किन हद दर्जाको नालायकीपनका साथ विर्सजित हुँदैछ ?

५. नागरिक जीवन माथि खेलवाड गर्ने गैह्र जिम्मेवार सरकारको भत्र्सना गर्दै नेपाली कांग्रेस विषादीयुक्त तरकारी–फलफुल प्रवेशमा तत्कालै कडा परिक्षण र नियन्त्रणको मार्गमा उभिन सरकारलाई सचेत गराउँदछ ।

जय नेपाल

विश्वप्रकाश शर्मा
प्रवक्ता

Advertisement