english-learning
Advertisement

७१. अंग्रेजी वक्ताहरुद्धारा कामको समयको ’boutमा कुरा गर्न क्रिया र कालहरु प्रयोग गरिन्छ । तपाईंको आफ्नै भाषामा त्यही खालको अभिव्यक्ति नहुन पनि सक्छ । तपाईंलाई यि कालहरु र तिनको प्रयोग कहाँ गर्ने भन्ने ’boutमा थाहाहुन जरुरी छ ।

७२. अंगे्रजीमा धेरै नै अनियमित क्रियाहरु छन् । तपाईं ’emको ’boutमा गहिरोमा जानुपर्छ ।

७३. जारि राख्नुहोस् । यदी तपाईंले अंग्रेजी बोल्ने कुरालाई बीचमा रोक्नुभयो वा निरन्तरता दिनुभएन भने तपाईंलाई थाहाहुन्छ कि तपाईंको स्तर घट्छ र तपाईंको मिहेनत खेर जान्छ ।

Advertisement

७४. परिक्षामा आएको खराब अंकबाट हतोत्साहित नहुनुहोस् । कहिलेकाहीँ विद्यार्थीको अंग्रेजी परिक्षा पास गर्ने क्षमता हुन्छ तर अंगे्रजी वक्ताहरुसँग राम्रोसँग बोल्न सक्दैनन् । यदी तपाईं निर्धक्क भएर अंग्रेजी बोल्न सक्नुहुन्छ भने आफैँमा गर्व महशुस गर्नुहोस् ।

अंग्रेजी सुधार गर्ने १०० वटा अनौठो तरिकाहरु – भाग ७

७५. याद गर्नुहोस् कि जति धेरै तपाईंले प्रयास र मिहेनत गर्नुभयो त्यति नै तपाईं सफल हुनुभएको छ ।

७६. साथीहरुसँग अंग्रेजी सिक्नुहोस् । तपाईंसँग अभ्यास गर्ने र अध्यनको लागि एक अर्कालाई उत्प्रेरित गर्ने कोही चाहिन्छ ।

७७. याद गर्नुहोस् कि हामीले अंग्रेजी जसरी उच्चारण गर्छौं लेख्ने तरिका उस्तै हुँदैन । भाषिक संकेत र वर्णमालाहरुसँग परिचित हुनुहोस् जसले तपाईंलाई शब्दकोषमा सही उच्चारण गर्न सहयोग गर्छ ।

७८. याद गर्नुहोस् कि तपाईंको स्तरमाथि भएपछि सुधार गर्न समय लाग्छ । साधारणतयाः नयाँ र शुरुवाती सिकारु छौं भने धेरै छिटो प्रगति गर्न सक्छौँ वा हुन्छ । यो नसोच्नुहोस् कि तपाईंले अचानक केही सिकिरहनु भएको छैन । यो नदेखिने खालको ढिलो प्रगति हो ।

७९. निश्चित गर्नुहोस् कि तपाईंको अंग्रेजी वातावरण र सन्दर्भ सुहाउँदो छ । साथीभाइहरुसँग अनौपचारिक बन्न सक्नुहुन्छ । तर, व्यापारिक भेटघाटमा औपचारिक र स्तिरिय अंग्रेजी बोल्नुहोस् । तपाईंले सिकेका शब्द र शब्दावलीहरु कस्तो अवस्थामा प्रयोग गर्नु उपयुक्त हुन्छ निर्णय गर्नुहोस् ।

८०. किताबको अंग्रेजी र हामीले साधारणतया बोल्ने अंग्रेजी फरक हुन्छ । अनौपचारिक बोलचा वा संवादको लागि प्रयोग गरिने अंग्रेजी सिक्न चलचित्रहरु हेर्नुहोस् ।

Advertisement