Advertisement

काठमाडौं । सरकारको गतिविधि र पार्टीको आन्तरिक बिषयलाई लिएर आज आइतवार  नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै छ ।

आजको बैठकमा विशेष गरी वर्तमान परिस्थिति र सरकारका गतिविधिका बिषयमा मुख्य छलफल हुने पार्टीको संगठनात्मक बिषय पनि एजेण्डा बनेको छ ।

आज डाकिएको नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकमा हिन्दू राज्यको एजेण्डा पनि उठ्ने बताइएको छ । कांग्रेसभित्र केही नेता लामो समयदेखि हिन्दू राज्यका पक्षमा वकालत गर्दै आएका छन् । हिन्दू राज्यको वकालत गदै आएका शंकर भण्डारीले कांग्रेस केन्द्रीय समितिको बैठकमा हिन्दू राज्यको एजेण्डाले प्रवेश पाउने बताए ।

Advertisement

आज हुने बैठकमा हिन्दू राज्यको प्रस्तावले प्रवेश पाउछ,’शनिवार राजधानीमा आयोजित एक कार्यक्रममा भण्डारीले भने,हामीले धेरै लामो समयदेखि हिन्दू राज्यको कुरा उठाएका थियौ तर अहिले आएर एजेण्डाले प्रवेश पाउने भएको छ ।’

भण्डारी लगायत नेताले ७०९ जना हस्ताक्षरसहित महासमिति बैठकमा प्रस्ताव पेश गरेका थिए । प्रस्तावमा छलफल गर्न सभापति देउवा इच्छुक नभएपछि स्थगित भएको थियो ।

Advertisement