fbpx

महिला विश्वकप फुटबल : इंग्ल्याण्डलाई पराजित गरेर स्वीडेन बन्यो तेस्रो !



नेपालबहस संवाददाता
 




एजेन्सी । फ्रान्समा जारी महिला विश्वकप फुटबल अन्तर्गत तेस्रो स्थानका लागि भएको प्ले अफ खेलमा इंग्ल्याण्ड पराजित भएको छ ।

इंग्ल्याण्डमाथि २–१ को जित निकाल्दै स्वीडेन तेस्रो भएको छ । स्वीडेनको जितमा एस्लानी र ज्याकोब्सनले गोल गरिन् । इंग्ल्याण्डका लागि किर्बीले एक गोल फर्काएकी हुन् ।

स्वीडेन सेमिफाइनलमा नेदरल्याण्डससँग पराजित भएको थियो भने इंग्ल्याण्डलाई साबिक विजेता अमेरिकाले पराजित गरेको थियो ।


सम्बन्धित समाचार