fbpx

भोटेकोशीमा बाढी : दुई जना वेपत्ता, हाइड्रोपावरमा क्षति



नेपालबहस संवाददाता
 



badi

सिन्धुपाल्चोक। अबिरल वर्षापछि भोटेकाशीमा आएको बाढीले बगाउँदा सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिकास्थित शिवश्री हाइड्रो पावरमा कार्यरत दुई जना वेपत्ता भएका छन् भने घाइते दुई जनालाई उद्धार गरी उपचार गर्न काठमाडौं पठाइएको छ ।

भोटेकोसी गाउँपालिका वडा नंं. ४ र ५ को बीचमा पर्ने मार्मिङ खोलामा बगेर साइट इन्चार्ज यादवप्रसाद काफ्ले र इलेक्ट्रिसियन रामअवतार चौधरी वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता माधव काफ्लेले जानकारी दिए ।

डिएसपी काफ्लेका अनुसार कामी तामाङ र लाफिङबुद्ध हाइड्रो पावरका पेम्बा थोक्याल शेर्पा घाइते छन् । उनीहरुलाई आइतबार बिहान हेलिकोप्टरबाट ललितपुरको बीएण्डबी अस्पताल पठाइएको प्रवक्ता काफ्लेले जानकारी दिए ।

गएराति भोटेकोशी नदीमा आएको बाढीले नदी नजिकका चारवटा हाइड्रो पावरमा क्षति पुगेको छ । बाढीले निर्माणाधीन १०२ मेगावाट क्षमताको मध्यभोटेकोशी, ४५ मेगावाट क्षमताको माथिल्लो भोटेकोशी, शुभश्री र चाकुखोला हाइड्रोपावरमा क्षति पुगेको छ । प्रहरीका अनुसार क्षतिको पूर्णविवरण भने आउन बाँकी छ ।


सम्बन्धित समाचार