english-learn
Advertisement

८१. अंग्रेजी उखानहरु सम्झिन कठिन हुन्छ । तर, उखानहरु प्रयोग गर्दा एकदम धेरै रमाइलो हुन्छ र उखानहरुले तपाईंको अंग्रेजीलाई रंगिन बनाउँछन् ।

८२. जब हामी कुराकानी गर्छैँ दुई शब्दहरुलाई सँगै जोड्छौँ ता कि दुई शब्दहरु एउटै जस्तो सुनियोस् । व्यन्जन बर्णबाट अन्त्य भएको शब्दलाई स्वर वर्णबाट सुरु भएको शब्दसँग जोडिन्छ । त्यसैगरी स्वर वर्णबाट अन्त्य भएका शब्दलाई स्वर वर्णबाटै सुरु भएका शब्दसँग जोडिन्छ । तपाईंले आफ्नो सुनाई र उच्चारणलाई सुधार गर्न यो सुत्रको अभ्यास गर्नुहोस् ।

८३. इन्टरनेटको प्रयोग गर्नुहोस् । इन्टरनेटमा तपाईंलाई सिक्नको लागि मद्दत गर्ने धेरै सामाग्रीहरु पाउन सक्नहुन्छ । जस्तै बीबीसी लर्निङ अंग्रेजी इत्यादी ।

Advertisement

८४. तपाईंको बलियो र कमजोर पक्षबारेमा सोच्नुहोस् । तपाईंले कुनचाहीँ क्षेत्रमा सुधार गर्न खोज्नुभएको छ र सुधार गरिरहनुभएको छ लेख्नुहोस् । निश्चित रुपमा आफ्नो बलियो पक्षलाई वेवास्ता नगर्नुहास् । आफैँले राम्रो गरेकोमा स्वयंलाई बधाई दिनुहोस् ।

अंग्रेजी सुधार गर्ने १०० वटा अनौठो तरिकाहरु – भाग ८

८५. गल्तिहरुलाई सच्याउनुहोस् । तपाईंले सायद एउटै खालको व्याकरणको गल्तिहरु पटक-पटक दोहोर्याइरहनु भएको हुनसक्छ । तपाईंको अंग्रेजी परिक्षालाई सिकाइ वा अध्ययन सामाग्रिको रुपमा प्रयोग गर्नुहोस् । तपाईंको गल्तिहरुमध्ये एक वा दुईवटालाई छान्नुहोस् जसमा तपाईं केन्द्रित हुन चाहनुहुन्छ । तपाईंको मन पर्ने व्याकरणको किताबलाई नियमहरु हेर्न वा जाँच्नको लागी प्रयोग गर्नुहोस् ।

८६. उपयुक्त उपपदको प्रयोग गर्नुहोस् । सजग हुनुहोस् कि उपदको नियम बाहेक अन्य नियमहरु पनि छन् । For example: A university (not an university because it begins with a

८७. धारा प्रवाहको लागि ऐना हेरेर अभ्यास गर्ने वा काल्पनिक चित्रको प्रयोग गर्नुहोस् । तपाईं कुनै पनि रेष्टुरेन्टमा जानु अगाडि वेटरले तपाईंलाई के भन्छहोला सोच्नुहोस् । तपाईं के बाक्यांशको प्रयोग गर्दै हुनुहुन्छ सोच्नुहोस् ।

८८. धेरै कुराकानीहरु शारिरीक हाउभाउबाट आउँछन् । यो चाहीँ संस्कृती र देश अनुसार फरक हुन्छन् । जस्तै उदाहणका लागि हातका दुईटा औंलाहरुले भि आकार बनाएर देखाउनु जितको संकेत हो ।

८९. सबै भन्दा सजिलो एउटा कुरा–सुत्नुहोस् । तपाईंले राति राम्रो सँग सुत्नुभयो भने धेरै कुरा सिक्नसक्नुहुनेछ । तपाईंले सिकाईका लागि धेरै ध्यान केन्द्रित गर्न सक्नुहुनेछ ।

९०. अंग्रेजी बोलीने देशमा गएर अंग्रेजी भाषाको कक्षा-कोर्ष लिनुहोस् ।

Advertisement