१३ युवाको सामूहिक लगानीमा व्यावसायिक माछापालन
इन्द्र रिजाल
असार २३, २०७६ सोमबार १८:५९:३७
खोटाङ । साकेला गाउँपालिका–२ रतन्छाका स्थानीयवासी युवाले सामूहिक लगानीमा व्यावसायिक माछापालन गरेका छन् । पानीको पर्याप्त तथा राम्रो स्रोत रहेको रतन्छाका तेह्र स्थानीय युवाले आफ्नोे व्यक्तिगत लगानीमा दुई वर्ष अघिदेखि व्यावसायिक माछापालन शुरु गरेका हुन् ।
उनीहरुले रतन्छास्थित धिकुरतुङमा २५ वर्षका लागि जग्गा भाडामा लिएर पहिलो चरणमा १३ पोखरी निर्माण गरेर कमनकार्प र ग्रासकार्प प्रजातिको माछाका भुरा लगाएका छन् ।
यसभन्दा अघि विभिन्न पेशा तथा व्यवसायमा आबद्ध उनीहरु आफ्नैै लगानीमा गाउँमै स्वरोजगार हुने उद्देश्यले माछापालन शुरु गरेका हुन् । पौरखी माछापालन समूह नामको आधिकारिक संस्था दर्ता गरेर शुरु गरिएको पोखरीमा पहिलो चरणमा २२ हजार माछाका भुरा हालिएको संस्थाका सचिव सन्तराज राईले बताए ।
‘अहिले एउटा माछा आधा केजीसम्मको भएको छ’, उनले भने,‘आगामी भदौ पहिलो हप्तादेखि विक्री गर्ने योजना बनाएका छौं ।’ प्रतिव्यक्ति रू.१ हजार ८०० का दरले लगानी गरेर शुरु गरिएको माछापोखरीमा अहिले रहरलाग्दा किसिमको माछा देख्न सकिन्छ । व्यावसायिकरूपमा लगाइएको माछा हेर्न स्थानीयदेखि बाह्य कृषकसमेत आउने गरेको उनीहरुको भनाइ छ ।
प्रत्येक दिन बिहान, दिउँसो र बेलुका गरी दिनमा तीनपटक घाँस लगाउनुका साथै हेरचाह गर्ने व्यवस्था मिलाइएको संस्थाका अध्यक्ष महेन्द्र राईले बताए ।‘अहिले हामी आफैंले समय मिलाएर हेरचाह गर्दै आएका छौं’, उनले भने, ‘आगामी दिनमा अन्य युवालाई समेत रोजगारी दिने उद्देश्यले थप विस्तार गर्ने तयारी गरिएको छ ।’ १४ रोपनी क्षेत्रफल जग्गा रहेको उक्त ठाउँमा अहिले पहिलो चरणमा सात रोपनी जग्गामा मात्र पोखरी निर्माण गरेर माछापालन गरिएको छ ।
अहिलेसम्म कसैको सहयोगविनै शुरु गरिएको माछापालन व्यवसायलाई आगामी भदौसम्ममा थप विस्तार गर्ने तयारी गरिएको समूहले जनाएको छ । प्रतिकेजी रू।४५० देखि ५०० सम्ममा पोखरीमै विक्री हुने उक्त कमनकार्प र ग्रासकार्प प्रजातिको माछा रतन्छाका सबै भू–भागमा हुने साकेला गाउँपालिकाका कृषि प्राविधिक गणेश राईले बताए ।
‘रतन्छामा भौगोलिकरूपमा पारिलो घाम र पर्याप्त पानीको स्रोत तथा माछाका लागि उपयुक्त घाँस पाइन्छ’, उनले भने, ‘स्थानीय युवाले शुरु गरेको व्यावसायिक माछापालन छोटो समयमै प्रभावकारी बन्दै गएको छ ।’ स्थानीय युवा आफैंले कुटो र कोदालो प्रयोग गरेर निर्माण गरिएको माछापोखरीमा अहिलेसम्म नगद लगानी रू.१ लाख ५० हजार मात्र भएको जनाइएको छ ।
उनीहरुले दुई वर्षअघि व्यावसायिक माछापालनका लागि पोखरी निर्माण शुरु गरे पनि गत वर्ष मात्रै सप्तकोशी नगरपालिकाको फत्तेपुरस्थित मत्स्यपालन तथा प्रवर्द्धन केन्द्रबाट खरीद गरेर ल्याइएको भुरा ल्याइएको छ ।
जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने रतन्छाका स्थानीयवासीले यसअघिदेखि नै आ–आफ्नो घर नजिकै पोखरी निर्माण गरेर माछापालन गर्दै आएका छन् । उनीहरुले लामो समयदेखि माछापालन व्यवसाय गर्दै आए पनि संस्थागतरूपमा दर्ता गरेका थिएनन् ।
माछाका लागि उर्वरभूमि रहेको रतन्छालाई माछाको स्रोत केन्द्र बनाउने लक्ष्यका साथ गाउँपालिकाले योजना बनाएको गाउँपालिका प्रमुख अर्जुनकुमार खड्काले बताए । गाउँपालिका प्रमुख खड्काका अनुसार रतन्छामा यस वर्ष मात्रै २ लाख बढी कमनकार्प र ग्रासकार्प प्रजातिको माछाका भुरा वितरण गरिएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपचीनबाट आयात गरिएको रासायनिक मल काठमाडौं ढुवानी
बैशाख ७, २०८१ शुक्रबार
हलगोरु पाल्ने किसानलाई अनुदान दिने
बैशाख ३, २०८१ सोमबार
दुग्ध किसानको ४८ करोड भुक्तानी बाँकी
चैत २९, २०८० बिहिबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
एसीसी प्रिमियर कपको फाइनलमा ओमान र युएई भिड्ने
बैशाख ७, २०८१ शुक्रबार
नेशनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा सुनिल पौडेल दोषी ठहर, ८ जनाले पाए सफाइ
बैशाख ७, २०८१ शुक्रबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार
मस्कको सुझाव - रकेट एकअर्कामा होइन, ताराहरुमा पठाऊ !
बैशाख ७, २०८१ शुक्रबार
आमजनतामा सूचना प्रविधिको पहुँच बिस्तार आवश्यकः मन्त्री शर्मा
बैशाख ७, २०८१ शुक्रबार