Advertisement

बनेपा । काभ्रेको बनेपामा दुईवटा सिरिन्ज आक्रमणको घटना दोहोरिएपछि स्थानीयबासीले प्रहरी चौकी घेराउ गरेका छन् ।

सिरिन्ज आक्रमणको आरोपमा पक्राउ परि प्रहरी हिरासतमा रहेका व्यक्तिलाई आक्रोशित स्थानीयबासीले कुटपिट गर्न खोजेपछि स्थिती केहीबेर तनावग्रस्त भएको थियो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी उपरिक्षक जयराज सापकोटाका अनुसार, सिरिन्ज आक्रमणको आरोपमा स्याङ्जाका खगेन्द्रप्रसाद पाठकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ ।

Advertisement

सोमबार एकजना बाटोमा हिँडिरहेकी महिला र अर्की बसमा यात्रा गरिरहेकी महिलाले आफूमाथि सिरिन्ज आक्रमण भएको बताएका थिए ।

Advertisement