fbpx

ललित स्मृति यू १८ फुटबलमा आर्मीले मार्यो बाजी



नेपालबहस संवाददाता
 




काठमाडौं । ललित स्मृति यू १८ फुटबल च्याम्पियनसिपमा आर्मीले बाजी मारेको छ ।  सोमबार दुई विभागिय टोलीबीचको प्रतिस्पर्धामा आर्मीले बाजी मारेको हो ।

त्रिभुवन आर्मी क्लबले एपीएफ क्लबलाई २–१ ले हराएको जनाइएको छ । त्यसअघिको खेलमा हिमालयन शेर्पा क्लब र सिएमजी क्लब संकटाले गोलरहित बराबरी खेलेका थिए ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा विपन श्रेष्ठको गोलबाट ३४ औं मिनेटमा आर्मीले अग्रता लिएको थियो । दुवै टोलीले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेका थिए । आर्मीले अग्रता लिएको खेलको दोस्रो हाफमा दुवै टोलीका दुई –दुई खेलाडीले रातो कार्डको सामना गर्दै मैदान छाडेका थिए ।

६२ औं मिनटमा दुई टोलीबीच झगडा परेपछि एपिएफका पुकार खड्का र रञ्जन पुन तथा आर्मीका आशिष राई र कैलाश लामिछाने खत्रीलाई रेफ्रीले रातो कार्ड देखाएका थिए ।

शिव बोटेले ७५ औं मिनेटमा अर्को गोल गर्दै आर्मीको गोलअन्तरलाई दोब्बर पारे । खेल सकिन दुई मिनेट बाँकी रहँदा एपिएफका असिम गुरुङले गोल फर्काएपनि टोलीको हार टरेन ।


सम्बन्धित समाचार