Advertisement

काठमाडौं । नेपाली चलचित्र क्षेत्रकी सदाबहार अभिनेत्री करिश्मा मानन्धरले एस ई ई पास भएपछि सफलता पार्टी मनाएकी छिन् ।

२०७५ सालको अन्तिममा एस ई ई को परिक्षा दिएकी उनले आफ्नो कक्षा १० को परिक्षा एस ई ई मा बि प्लस जिपिए ल्याएर परिक्षा उत्रिर्ण गरे पश्चात आफु संग पढेका साथीहरु,आफ्ना गुरुजनहरु र नेपाली चलचित्र क्षेत्रका आफ्ना परिवारका लागि सोमबार साँझ एटीक रेस्टुराँमा भब्य पार्टीको आयोजना गरेकी हुन्।

Advertisement

एस ई ई मा राम्रो अंक पाएकी उनले प्लस टु मा व्यवस्थापन बिषय लिएर सरकारी कलेज पढ्ने बताएकी छन् । एस ई ई पास हुँदा उनी निकै खुसी छिन् र उक्त पार्टीमा करिश्मालाई बधाई दिन,गुरुहरु ,साथीहरु र नेपाली चलचित्र क्षेत्रबाट समेत सहकर्मीहरु सहभागी भएको उनले बताइन् ।

Advertisement