kp-oli-matriak-khanal
Advertisement

दुई तिहाई समर्थनमा बनेको ऐतिहासिक सरकार प्रमुख खड्गप्रसाद ओली भन्छन्– कर्मचारीतन्त्रले सहयोग गरेन । प्रसंग थियो मेलम्ची खानेपानी आयोजनाको । दुई महिनाअघि ओलीले सार्वजनिक कार्यक्रममा यस्तो अभिव्यक्ति दिंदै थिए । उनको इशारा खानेपानी सचिवप्रति थियो । यस्तो पीडादायी अभिव्यक्ति दिंदै गर्दा उनले बिर्सिएको पक्ष चाहिं के थियो भने जननिर्वाचित दुई तिहाई सरकारको दम्भ ।

उनी मात्र होइन उनको मन्त्रिमण्डलका सदस्यको हविगत पनि उस्तै देखियो । हिजो सोमबार एकजना मन्त्री भन्दै थिए– सचिवहरुले मलाई फसाए । वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारीमा रहेका मन्त्री मात्रिकाप्रसाद यादव संसदीय समितिको वैठकमा कड्किएका थिए । प्रधानमन्त्री र मन्त्रीका यस्ता भनाईले सर्वसाधारण त रनभुल्लमा पर्ने अवस्था आयो ।

पानी जाहाजमा दुलो परेपछि मुसाले साथ छाडे झैं ओलीलाई विस्तारै कसैले नटेर्ने अवस्था आउन लागेको छ । यदि साँच्चै सचिवहरुले सरकारलाई नटेरेको हो भने किन कारबाही गर्न सक्दैनन् ? त्यसो होइन, कुरोको चुरो चाहिं अर्कै छ । राष्ट्रवादी देखिन ओली जस्तोसुकै नाटक रच्न तम्तयार छन् । अनेक चाल चल्दासमेत नक्कली राष्ट्रवादको धोती खुस्किएपछि उनी नयाँ डिजाइनमा लागेका थिए ।

जनताको प्रचण्ड मतका साथ सत्तामा पुगेका ओली सधैं कुर्लने ओली मण्डलीको यस्तो निरिहता ? कारण के होला? बुझ्नै कठिन भएको छ । दुई तिहाईको सरकार जे गर्न पनि सक्षम छ । जनताले त्यो अभिमत दिएका छन् । तर व्यवहारमा भने यस्तो रुञ्चे तर्क गर्न थालेका छन् ओली र उनको मण्डली । यसबाट के बुझ्न सकिन्छ भने ओली अब पतनको बाटोमा छन् । पानी जाहाजमा दुलो परेपछि मुसाले साथ छाडे झैं ओलीलाई विस्तारै कसैले नटेर्ने अवस्था आउन लागेको छ । यदि साँच्चै सचिवहरुले सरकारलाई नटेरेको हो भने किन कारबाही गर्न सक्दैनन् ? त्यसो होइन, कुरोको चुरो चाहिं अर्कै छ । राष्ट्रवादी देखिन ओली जस्तोसुकै नाटक रच्न तम्तयार छन् । अनेक चाल चल्दासमेत नक्कली राष्ट्रवादको धोती खुस्किएपछि उनी नयाँ डिजाइनमा लागेका थिए ।

Advertisement

विगत एक महिनाको घटनाक्रमले देखाउँछ ओली सरकार दक्षिणी छिमेकीको सच्चा हितैषी हुन् । भारतीय सिनेमाको प्रवद्र्धन गर्न उनले काठमाडौंमा आईफा आयोजना गर्न अनुमति दिए । त्यतिले नपुगेर यसका लागि एक अर्ब रुपैयाँ नै दिने निर्णय गरिदिए । यत्रतत्र सर्वत्र विरोध भएपछि तत्कालका लागि यो निर्णयबाट उनी पछि हटे । साथै, उनको नियत पनि छलाछुल्ल भयो । आफ्नै पार्टी कार्यकर्ताले भारतीय दलाल भन्ने अवस्था आएपछि उनी तनावमा थिए ।

त्यसपछि दोषमुक्त देखिन उनले भारतीय नाकाबाट आउने तरकारी र फलफुलको विषादी परिक्षण गर्ने प्रपञ्च रचे । यति गर्दा भारतीय दलालको आरोपबाट मुक्ति पाउने ओलीको अनुमान थियो । अनि असार २ गते वाणिज्य मन्त्रीको प्रस्तावमा निर्णय भयो यस्तै । तर उक्त निर्णयमा ओली दुई साता पनि टिक्न सकेनन् । भारतीय पक्षको चर्काे दवावका कारण उनले पूर्व निर्णय फिर्ता लिई नेपालीका भान्छामा विष छिराउने लाईसेन्स पुनः खोलिदिए । यो परिघटनाले ओलीलाई लाभ भन्दा क्षति बढी भएको छ । भनिन्छ नि काग धेरै बाठो भयो भने………. ।

त्यसको रन्को अझै ओलीमा छ । तर यथार्थमा भने उनी कहिल्यै भारत विरोधी थिएनन् र हुने छैनन् । जानकार सबैलाई यो तथ्य ज्ञात छ । जनतालाई एकपटक झुक्याउन सकिएला , तर पटक पटक सम्भव छैन । अहिले यही हालत भएको छ ओलीलाई ।

आफ्नो कमजोरी लुकाउन ओलीको संयन्त्र अब भने सचिवलाई दोषी देखाएर उम्कने दाउमा रहेको प्रष्ट हुन्छ । वाणिज्य मन्त्री यादवले त विषादी प्रकरणमा सरकारका चार जना सचिवले फसाएको गुनासो गरे । प्रधानमन्त्री ओली गत शनिबार आफ्नै सांसद्हरुलाई हकार्दै थिए – कसैको दवावमा परिक्षण रोकिएको छैन, भारतबाट पत्र आयो रे , खै कस्लाई आयो ? कस्ले पढ्यो मलाई थाहा छैन, वाहियात । ओलीले सांसद्लाई हप्काएको भोलिपल्टै अखबारहरुले भारतीय दूतावासले परराष्ट्र मन्त्रालयलाई औपचारिक रुपमा पठाएको पत्रको कपी नै प्रकाशित गरिदियो । त्यसको जवाफ ओलीले दिन सकेका छैनन् ।

प्रधानमन्त्री ढाँट्ने खानेपानी मन्त्रालयका सचिव कुनै कारबाहीमा परेका छन् ? छैन । किनभने सचिवमार्फत ठूलो कमिसन प्राप्त हुने गर्छ । अरु त अरु हिजो आफ्नो आडैमा आरोपित सचिवलाई राखेर वाणिज्य मन्त्री यादव रोदन गर्दै थिए । फसाउने सचिवलाई सँगै राखेर उनी किन पत्रकार सम्मेलन गर्दै थिए ? बुझ्न कठिन छैन ।

नक्कली राष्ट्रवादी बन्ने ध्याउन्नमा ओली सरकार एकपछि अर्काे खाल्डोमा फस्दै छ । उनलाई जोगाउन अब आफ्नै पार्टीका नेता कार्यकर्ता समेत उत्साही छैनन् । विभिन्न भन्सार नाकामा उनी निकट विद्यार्थी संगठनले विना परिक्षण सामान नछाड्न सम्बद्ध निकायलाई चेतावनी दिइसकेका छन् । तीन वर्षअघि भारतले गरेको अघोषित नाकाबन्दीका बेला ओलीको बोलीले राष्ट्रवादको खोल ओढाइदिएको थियो । त्यसैका बलमा गएको चुनावमा उनी सम्बद्ध राजनीतिक दलले अपार सफलता पाएको हो । त्यसको रन्को अझै ओलीमा छ । तर यथार्थमा भने उनी कहिल्यै भारत विरोधी थिएनन् र हुने छैनन् । जानकार सबैलाई यो तथ्य ज्ञात छ । जनतालाई एकपटक झुक्याउन सकिएला , तर पटक पटक सम्भव छैन । अहिले यही हालत भएको छ ओलीलाई ।

सर्वसाधारणलाई ढाँट्ने नयाँ औजारका रुपमा ओली सरकार अहिले कर्मचारीतन्त्रप्रति खनिएको देखिन्छ । कर्मचारीले फसाउन सक्ने ल्याकत राख्छ भने यो सरकार के को दुई तिहाईको ? इतिहासमै सबैभन्दा शक्तिशाली भनिएको ओली सरकार आखिर कस्ले चलाएको छ ? यी सबै फगत नाटक हुन् । बरु अब सरकारको दिनगन्ती भने सुरु भएको संकेत चाहिं मिलेको लख काट्न सकिन्छ ।

नेपालीमा एउटा चर्चित उखान छ नि – किन लडिस् मंगले आफ्नै ढंगले । ठीक त्यही हालत भएको छ ओली सरकारको । छलकपट र ढाँट काम गर्ने ओली सरकारको नक्कली राष्ट्रवादी छवि उदांगो भएकाले नै यी घटना आएका हुन् । त्यसका लागि ढंग पु¥याउन समेत नजानेकाले पछिल्लो नौटंकी गर्नुपरेको हो । साँच्चै नै कर्मचारीले फसाएको भए तत्काल कारबाही गर्न सक्नु पथ्र्याे । प्रधानमन्त्री ढाँट्ने खानेपानी मन्त्रालयका सचिव कुनै कारबाहीमा परेका छन् ? छैन । किनभने सचिवमार्फत ठूलो कमिसन प्राप्त हुने गर्छ । अरु त अरु हिजो आफ्नो आडैमा आरोपित सचिवलाई राखेर वाणिज्य मन्त्री यादव रोदन गर्दै थिए । फसाउने सचिवलाई सँगै राखेर उनी किन पत्रकार सम्मेलन गर्दै थिए ? बुझ्न कठिन छैन ।

भनिन्छ, निभ्ने बेलाको वत्ती अलि उज्यालो हुन्छ । ओली सरकारको फूर्तिफार्ती अहिले त्यस्तै छ । उनका मन्त्रीहरुको कार्यशैली र बोली वचन हेर्दा लाग्छ कसैले कसैलाई टेर्दैनन् । प्रधानमन्त्रीले मन्त्रीहरुबीच समन्वय गराउन सकेका छैनन् । वाणिज्य मन्त्री भन्छन् – विषादी परिक्षण गर्ने ल्याब नै छैन । उता, कृषि मन्त्री चक्रपाणि खनालको कथन बेग्लै छ । उनी भन्छन्, सातै प्रदेशमा भएको ल्याबमा ¥यापिड टेष्ट गर्न सकिन्छ । पूर्व निर्णयबाट पछि हट्नुपर्ने अवस्था होइन ।

यी दुई मन्त्रीको कथन सुन्ने हो भने ओली सरकार कोप्रति उत्तरदायी छ भनेर बुझ्नै सकिन्न । यो गाईजात्राको अर्थ के ? ओलीको नियन्त्रण छ त मन्त्री वा सरकारी संयन्त्रमा ? ठूलो प्रश्न खडा भएको छ । यस्तो सरकारलाई किन र के का लागि कस्ले टेर्ने ?

Advertisement