shashwat-dham-cg
Advertisement

नवलपुर । शााश्वतधाम देवचुली नगरपालिकामा विक्रम सम्बत २०७४ सालमा चौधरी ग्रुप अफ इन्डस्ट्रीले निर्माण गरेको हो । निर्माण पुर्व यो निर्माणको हेतु एउटै बताइएको थियो कि यसले हिन्दु र बौद्ध धर्म मात्र नभई विश्वभरका अन्य धर्मावलम्वीहरुलाई समेत यसको भ्रमणमा तानेर धर्म र धार्मिक पर्यटनको विकास गर्नु हो । तर यहाँ भने धार्मिक आडमा लुट मच्चाएको पाइएको छ ।

shashwat-dham-cgकरिब १२ एकड क्षेत्रफलमा चौधरी ग्रुपले आफ्नो औधोगिक परिसर भित्र निर्माण गरेको सि. जि टेम्पलको नामले परिचित शाश्वतधाममा प्रवेश टिकट, पार्किङ लगाएतका शुल्कमा लुट मच्चाएको पाइएको छ ।
प्रबेश शुल्कमा विद्यार्थीहरुको लागि भनेर रु ४० अन्य आगन्तुकहरुको लागि रु १५० त्यस्तै पार्किङमा मोटरसाइकल लगाएतका दुइ पाँग्रे सवारीको लागि रु २० कार भ्यान लगाएत ४ पाँग्रे सवारीको लागि रु ५० लिने गरेको छ ।

यसरी चर्काे मुल्य असुल्ने धार्मिक क्षेत्र होस् या मन्दिर यो पहिलो हो । तर नेपालको संविधान २०७२ ले भने धार्मिक आस्थाकाे कुनै पनि केन्द्र,मन्दिर,पौवा,धर्मशाला लगाएत आदिमा शुल्क उठाउन नपाइने उल्लेख गरेको छ ।
संविधानले बर्जित गरेको कुरामा मनोमानी गरेको चौधरी ग्रुपले बौद्ध संग्रहालय, धार्मिक संग्रहालयको नाममा सर्वसाधारणसँग चर्काे मुल्य असुल्दा समेत नियमक निकाय भने मौन देखिएको छ ।

Advertisement
Advertisement