जलमग्न धनगढी बजार, अधिकांश क्षेत्र डुवानमा
इन्द्र रिजाल
असार २६, २०७६ बिहिबार १८:३५:५४
कैलाली । लगातारको वर्षापछि कैलालीका केही क्षेत्र डुबानमा परेका छन् । सदरमुकाम धनगढी बजार क्षेत्रका केही भागहरु डुबानमा परेका हुन् ।
पानीको उचित निकासका लागि ढलको व्यवस्था नहुँदा बजार क्षेत्र डुवानमा परेको हो । पानी पर्ने वित्तिकै वर्षेनी यो क्षेत्र डुबानमा पर्ने गरेको छ । निर्माणाधीन अत्तरिया-मोहना ६ लेन सडक निर्माणका कारण पनि केही भूभाग डुबानमा परेको छ ।
जिल्ला विपद व्यवस्थापन समितिका सम्पर्क व्यक्ति एवं कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले खोलाको जलस्तर सामान्य वृद्धि भए पनि खतरामुक्त रहेको बताए । नदीको अवस्थाका बारेमा बुझ्न विहानै विभिन्न नदी किनारका बस्तीहरुमा पुगेको बताउँदै सहायक प्रमुख जिल्ला अधिकारी जोशीले नदी किनारका बस्तीहरुलाई सचेत रहन आग्रह गरिएको बताए ।
ठूला नदीहरु कर्णाली, मोहना, पथरैया, गौरिगंगालगायतमा जलस्थर बढ्न सक्ने भन्दै ती नदी किनारका बस्तीहरुलाई सतर्क रहन आग्रह गरिएको सहायक प्रमुख जिल्ला अधिकारी जोशीले बताए । कर्णालीको जलस्तर बिहीबार विहानसम्म ६.५४ रहेको चिसापानीस्थित कर्णाली नदी मापन केन्द्रले जानकारी दिएको छ । पछिल्लो पटक कैलालीमा पूर्व सूचना प्रणाली लागू भएपछि मानवीय क्षतिमा भने कमि आएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपविश्व औलो दिवसः विदेशबाट आएकाबाट बढी जोखिम
बैशाख १३, २०८१ बिहिबार
बाँकेका वनमा लागेको डढेलोले खरायो, सर्प र चरा मरे
बैशाख १३, २०८१ बिहिबार
खोटाङमा आगलागीबाट ७९ घर जले, एकको मृत्यु
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार