एयर क्यानाडाको जहाज आकस्मिक अवतरण, ३७ यात्रु घाइते
इन्द्र रिजाल
असार २७, २०७६ शनिबार ३:१८:२८
एजेन्सी । मौसमको खराबीका कारण एयर क्यानाडाको जहाज अमेरिकाको होनोलुलु विमानस्थलमा आकस्मिक अवतरण गराइएको छ ।
एयर क्यानाडाको ७७७–२०० विमान क्यानाडाको भ्यान्कुभरबाट सिड्नी जान लागेको थियो । उडानका क्रममा नै संयुक्तराज्य अमेरिकाको हवाई राज्यको राजधानी होनोलुलुमा शुक्रबार आकस्मिक अवतरण गराइएको थियो ।
त्यस क्रममा ३७ जना यात्रु घाइते भएका छन् । उनीहरुलाई अस्पताल भर्ना गरिएको पनि उक्त एयरवेजले जानकारी दिएको छ ।उक्त विमानमा २६९ जना यात्रु र १५ जना चालक दलका सदस्य रहेका थिए ।
उडिरहेको विमान मौसमको खराबीका कारण हल्लिएको बताइएको छ ।जहाजमा बसिरहेका यात्रुहरुले त्यस समयमा ‘सिटबेल्ट’ नलगाएका र जहाज मौसमका कारण अकस्मात हल्लिन थालेपछि यात्रुहरु जहाजका विभिन्न भागमा ठोक्किन पुगेका थिए ।
यसैकारण उनीहरु घाइते भएका एयर क्यानाडाले विज्ञप्ति प्रकाशन गरी जानकारी दिएको छ ।हावाले विमान हल्लाएपछि यात्रुहरु एकआपसमा ठोक्किए र कतिपय त विमानको सिलिङमा पनि ठोक्किएको विमानमा सवार यात्रुहरुले बताएका छन् ।
अस्पताल भर्ना भएकामध्ये नौ जना गम्भीर रुपमा घाइते भएको एयरलाइन्सले जनाएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपदक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति जुमालाई चुनाव लड्न प्रतिबन्ध
चैत १६, २०८० शुक्रबार
बोआओ फोरममा चीनको प्रतिबद्धता, खुलापन र साझेदारी
चैत १६, २०८० शुक्रबार
दक्षिण अफ्रिकामा बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु
चैत १६, २०८० शुक्रबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
सर्वोच्चले गरिदियो कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा
चैत १६, २०८० शुक्रबार
आयरल्याण्ड वोल्भ्सविरुद्ध लोकेश बमको शतक
चैत १६, २०८० शुक्रबार
बागमती प्रदेशस्तरीय भलिबल प्रतियोगिता हुने
चैत १६, २०८० शुक्रबार
नयाँ शैक्षिकसत्र सुरु नहुँदै म्याग्दीमा पाठ्यपुस्तक भित्रियो
चैत १६, २०८० शुक्रबार
मन्त्रीहरुलाई राष्ट्रिय सभामा उपस्थित हुन निर्देशन
चैत १६, २०८० शुक्रबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार