नेप्सेमा सुधार
इन्द्र रिजाल
असार २९, २०७६ आइतबार २३:५३:३८
काठमाडौं । धितोपत्र बजारमा साताको आज पहिलो दिन शेयर कारोवार मापक नेप्से परिसूचक झिनो अङ्कले सुधार भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ०.९५ बिन्दुले बढेर एक हजार २४९.४९ बिन्दुमा पुगेको छ ।
यस्तै ठूला कम्पनीको कारोवार मापक सेन्सेटिभ परिसूच्क ०.२४ बिन्दुले बढेर २६८.५७ अङ्कमा पुगेको छ । नेप्से सामान्य अङ्कले बढे पनि कारोवार रकम भने औसत मात्रै रह्यो । कूल १६१ कम्पनीको १० लाख ४२ हजार ६४६ कित्ता शेयर रु २८ करोड ५२ लाख १४ हजार ५७२ मूल्यमा खरीदबिक्री भए ।
स्टकका अनुसार कारोवार भएका कूल ११ उपसमूहमध्ये पाँच उपसमूहको शेयर ओरालो लाग्यो भने छ उपसमूहको शेयर भने बढेको छ । बैंकिङ ०.६१, वित्त १.६१, निर्जीवन बीमा ०.१२, उत्पादन २.५३ र लघुवित्त ०.४७ बिन्दुले घटेको छ ।
यस्तै होटल ११.९६, विकास बैंक ८.८५, जलविद्मुत ०.९४, अन्य २.२५, जीवन बीमा ३२.५२ र सामूहिक लगानी कोष ०.०३ बिन्दुले बढेको छ ।
स्टकका अनुसार कारोवारका आधारमा आज नागरिक लगानी कोष शीर्ष स्थानमा रह्यो । सो संस्थाको रु दुई करोड ५३ लाख सात हजार ३३० मूल्यमा कारोवार भयो । मेगा बैंकको संस्थापक शेयर रु दुई करोड १८ लाख २२ हजार ३२६, नेपाल बैंक लिमिटेड रु दुई करोड १७ लाख ३२ हजार १९९, नेपाल लाइफ इन्सुरेन्स रु एक करोड ६७ लाख ४६ हजार ८९२, सिभिल बैंक रु एक करोड ३८ लाख ६२ हजार ५५० र चिलिमे जलविद्मुत कम्पनीको रु एक करोड २४ लाख १०७ मूल्यमा खरीदबिक्री भई शीर्ष स्थानमा रहे ।
स्टकका अनुसार माहुली सामुदायिक लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ९.९० प्रतिशतले कमाए । यस्तै नबिल इक्विटी फण्ड ७.३८, पञ्चकन्या माई हाइड्रोपावर ५.८८, समिट लघुवित्त वित्तीय संस्था ३.४०, दिव्यश्वरी हाइड्रोपावर २.७८ र आशा लघुवित्त वित्तीय संस्थाका शेयरधनीले २.५६ प्रतिशतले कमाएका छन् ।
त्यस्तै मल्टी पर्पोज फाइनान्स कम्पनी ८.२७, अरुण काबेली पावर ६.२५, गुराँस लघुवित्त वित्तीय संस्था ३.७५, ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था ३.२, नाडेप लघुवित्त वित्तीय संस्थाका शेयरधनीले २.८५ प्रतिशतले गुमाए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपव्यवसायीलाई जरिवाना बढी भयोः वरिष्ठ उपाध्यक्ष श्रेष्ठ
माघ १५, २०८० सोमबार
तेस्रो मुलुकका लागि निर्यातको शुभारम्भ
माघ १२, २०८० शुक्रबार
महानगरविरूद्ध सडक व्यापारीले आन्दोलन गर्ने
माघ १२, २०८० शुक्रबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
देउडा खेल्दै सर्वसाधारण
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पासगर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
धार्मिक पर्यटकीय स्थल बिम गाउँ
चैत १६, २०८० शुक्रबार
बनेपा हाट बजार अवलोकन गर्दै प्रजिअ शर्मा
चैत १६, २०८० शुक्रबार
दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति जुमालाई चुनाव लड्न प्रतिबन्ध
चैत १६, २०८० शुक्रबार
बोआओ फोरममा चीनको प्रतिबद्धता, खुलापन र साझेदारी
चैत १६, २०८० शुक्रबार