आज राति खण्डग्रास चन्द्रग्रहण लाग्ने, के गर्ने, के नगर्ने
इन्द्र रिजाल
असार ३१, २०७६ मंगलबार १४:३१:५
काठमाडौं । मंगलवार अर्थात आज राती खण्डग्रास चन्द्रग्रहण लाग्दैछ। यो चन्द्रग्रहण नेपालमा राति १ः४६ मा सुरु भएर बिहान ४ः४५ समाप्त हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिद्वारा प्रकाशित पञ्चाङ्गहरूमा उल्लेख छ।
यो ग्रहण कुल २ घण्टा ५९ मिनेटको हुनेछ। खगोलविद् एवं वाल्मीकि विद्यापीठका सहप्राध्यापक जयन्त आचार्यका अनुसार नेपालबाट प्रष्ट देख्न सकिने यो ग्रहण नेपाललगायत भारत, चीन मंगोलिया, अफ्रिका, दक्षिण अमेरिका, जापान, यूरोप, रसिया, अष्ट्रेलिया आदि ठाउँबाट हेर्न सकिन्छ। क्यानडा तथा उत्तर अमेरिकामा बसोवास गनहरूले यो ग्रहणको अनुभव लिन पाउने छैनन्। चन्द्रग्रहण सूर्यग्रहणजस्तो हानिकारक नहुने हुँदा नांगै आँखाले हेर्न सकिने खगोलशास्त्रीहरू बताउँछन्। ‘चन्द्रग्रहण टेलीस्कोप, वाइनाकुलर, क्यामरा वा अरु कुनै सामाग्रीले हेर्दा केही असर गर्दैन’, खगोलशास्त्री आचार्य भन्छन्, ‘चन्द्रग्रहणमा कुनै त्यस्ता आँखालाई हानि नोक्सानी पुर्याउने खालका किरण आएका हुँदैनन्।’
के हो ग्रहण ?
एउटा आकाशीय पिण्डको छायाले अर्को आकाशीय पिण्डलाई पूर्ण वा आंशिक रूपमा छेकेर अन्धकार बनाइदिनुलाई ग्रहण भनिन्छ। सामान्यतयः सूर्य र चन्द्रबिम्बमा देखिने अन्धकारमय अवस्था ग्रहण हो। ग्रहण औँसी र पूर्णिमामा लाग्छ। सूर्यग्रहण औँसीमा लाग्छ भने चन्द्रग्रहण पूर्णिमामा। खग्रास र खण्डग्रास खगोलविद आचार्यका अनुसार पूरै ग्रह ढाकिएर अँध्यारो हुने अवस्थालाई खग्रास र आंशिक ढाक्ने अवस्थालाई खण्डग्रास भनिन्छ।
ग्रहणका वेला के गर्ने, के नगर्ने ?
पुराणहरूमा ग्रहणका वेला जप तप गर्नुपर्ने विधान छ। फलित ज्योतिषीय मान्यताअनुसार सूर्यग्रहण लाग्नुभन्दा चार प्रहर र चन्द्रग्रहण लाग्नुभन्दा तीन प्रहर अगाडिदेखि बालक, वृद्ध वा अशक्त बाहेकलाई भोजन नगर्ने निर्देश दिइएको हुन्छ। यतिमात्र होइन ग्रहणको बेला जप, हवन, देवपूजन तर्पण आदि गर्नाले मनोवाञ्छित फल पाइने बताइएको छ। यसैगरी ग्रहणको प्रकृति हेरी ग्रहण भएको दिनदेखि अघिल्ला र पछिल्ला केही दिनलाई शुभकार्यका लागि त्यागिन्छ। मंगलबारको ग्रहण कसले हर्नेरु कसले नहेर्नेरु विशेषगरी फलित ज्योतिषमा विश्वास गर्नेहरूका लागि पञ्चाङ्गहरूले ग्रहण फल बताएका छन्। यो ग्रहण कर्कट, तुला, कुम्भ र मीन राशिका लागि फलदायी बताइएको छ। तर मेष, वृष, मिथुन, सिंह, कन्या, वृश्चिक धन र मकर राशिका मानिसले यो ग्रहण हेर्न नहुने बताइएको छ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
प्रदेश सरकारमा संकट पार्दै वैकल्पिक गठबन्धन निर्माणमा नेकपा एसको प्रयास
बैशाख ४, २०८१ मंगलबार
सत्ता गठबन्धनमा नेकपा एसको काउण्टर अट्याक, के होला उपनिर्वाचनपछि सरकारको अवस्था ?
बैशाख ३, २०८१ सोमबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
भारतले रोक्यो नेपाली चियाको निर्यात
बैशाख ७, २०८१ शुक्रबार
संसदीय समितिमा फास्ट ट्रयाकबारे सेनाको बिफ्रिङ
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
एसीसी प्रिमियर कपको फाइनलमा ओमान र युएई भिड्ने
बैशाख ७, २०८१ शुक्रबार
नेशनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा सुनिल पौडेल दोषी ठहर, ८ जनाले पाए सफाइ
बैशाख ७, २०८१ शुक्रबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार