‘रिमिघा लेक’ हेर्नजाने पर्यटककाे संख्या बढ्याे
इन्द्र रिजाल
साउन १, २०७६ बुधबार १७:५०:३४
काठमाडौं । पाल्पा जिल्लाको पर्यटकीय क्षेत्रका रुपमा प्राकृतिक सुन्दरताले भरिपूर्ण रहेको ‘रिमिघा लेक’मा पुगेपछि प्रकृतिसँग नरमाउने सायद कमै होलान् । यसको सुन्दरताले त्यहाँ पुग्ने जोकोहीको पनि मन लोभ्याइरहेको हुन्छ ।
हिमाल र पहाडको मनोरम दृश्य अवलोकन गर्न पाइने र प्राकृतिक सुन्दरताले भरिपूर्ण रिमिघा लेक पछिल्लो समय पर्यटकीय गन्तव्यस्थलका रुपमा चिनिन थालेको छ । लेकको फेदीसम्म पुग्ने सडक स्तरोन्नति गरेपछि अहिले त्यहाँ रमाउन जाने पर्यटकको सङ्ख्या बढ्दो छ ।
रम्भा गाउँपालिका–२ फोक्सिङकोट र ३ पीपलडाँडाको माथिल्लो भागमा अवस्थित रिमिघा लेक समुद्री सतहदेखि एक हजार ७९४ मिटर उचाइमा रहेको छ । नेपालकै एक सय पर्यटकीय गन्तव्य सूचीका रुपमा रहेको प्रसिद्ध रम्भादेवी मन्दिरदेखि दक्षिणतिर लगभग दुईदेखि साढे दुई किलोमिटरको दूरीमा रिमिघा लेक पर्छ ।
“नयाँ वर्षका अवसरमा वनभोज र घुम्न आउनेको ठूलो सहभागिता रहन्छ त्यहाँ, यसको भौतिक पूर्वाधार विकास गर्दै गएको खण्डमा यस क्षेत्रका स्थानीयवासीको जनजीवन माथि उकासिनेछ”, उनले भने । रिमिघा लेकमा पाल्पा, स्याङ्जा लगायतका विभिन्न स्थानका आन्तरिक पर्यटकहरु घुमफिर गर्न, वनभोज कार्यक्रमका निम्ति पुग्ने गरेका छन् । पछिल्लो समय रिमिघा लेक आन्तरिक पर्यटकको गन्तव्यस्थल बनिरहेको छ ।
पूर्वपट्टि फोक्सिङ्गकोटको झोकेदी, पश्चिपट्टि पीपलडाँडाको माथिल्लो घोङ्गसिङ्ग, उत्तरतर्फ फोक्सिङ्गकोटको बोरोङ्गसे, नम्टाहा, दक्षिणपट्टि फोक्सिङ्गकोटकै झोकेदी भाग रिमिघा लेकसँग जोडिएको छ ।
धार्मिक, ऐतिहासिक, प्राकृतिक र वातावरणीय सौन्दर्य, जैविक विविधताका साथै पर्यटकीय महत्व बोकेको रिमिघा लेक सुन्दर र रमणीय छ । यहाँ जोगी गुफा, देश हेर्ने ढुङ्गा, विशाल चौर, टुँडिखेल, इनार, भुरे राजाले बनाएको घरका भग्नावशेष, तीनकन्या मन्दिर, कालिकादेवी मन्दिरलगायतका धार्मिक तथा ऐतिहासिक स्थल छन् । यहाँबाट उत्तरतर्फ रहेका अग्लाअग्ला अन्नपूर्ण तथा धवलागिरि हिमशृङ्खलाका दृश्य अवलोकन गर्न पाइन्छ । तलतिर नागबेली आकारमा बगेको कालीगण्डकीको मनमोहक दृश्यले पर्यटकलाई लोभ्याइरहेको हुन्छ ।
रिमिघा लेकमा करीब ३४ मिटरको क्षेत्रफलमा सुरुङ्ग जस्तो आकारमा रहेको गुफा, परापूर्वकालमा ऋषिमुनिहरुले तपस्या गरेको घरको आकार, नौतुनामा हिँडेको रेल, पोखरा बजारको दृश्य दूरबिनमार्फत देख्न सकिने वडा नं २ का सदस्य चेतबहादुर सुनारीले बताए ।
“नयाँ वर्षका अवसरमा वनभोज र घुम्न आउनेको ठूलो सहभागिता रहन्छ त्यहाँ, यसको भौतिक पूर्वाधार विकास गर्दै गएको खण्डमा यस क्षेत्रका स्थानीयवासीको जनजीवन माथि उकासिनेछ”, उनले भने । रिमिघा लेकमा पाल्पा, स्याङ्जा लगायतका विभिन्न स्थानका आन्तरिक पर्यटकहरु घुमफिर गर्न, वनभोज कार्यक्रमका निम्ति पुग्ने गरेका छन् । पछिल्लो समय रिमिघा लेक आन्तरिक पर्यटकको गन्तव्यस्थल बनिरहेको छ ।
अत्यन्त सुन्दर र समथर भूमिमा अवस्थित यस रिमिघा लेकमा पौराणिक समयमा राजा तथा ऋषिमुनिहरुले तपस्या गरेको धार्मिक मान्यता छ । रिमिघा लेकलाई प्राथमिकता दिएर यस क्षेत्रमा सडक निर्माण, भौतिक पूर्वाधारका कामलाई अगाडि बढाउँदै गएको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए ।
“यस क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरेर गाउँपालिकाले यसबाट आम्दानीको स्रोत जुटाउने र गाउँपालिकाको विकास निर्माणमा खर्च गर्ने, आन्तरिक पर्यटक मात्र नभई सदरमुकाम तानसेन आएका बाह्य पर्यटक पनि यहाँ भित्र्याउने लक्ष्य राखेको छ”, उनले भने ।
रिमिघा लेक आसपासको क्षेत्रमा मगर समुदायको बाक्लो बस्ती रहेकाले त्यहाँ होमस्टे, प्याराग्लाइडिङ उडान र तल बगेको कालीगण्डकीमा ¥याफ्टिङ सञ्चालन गरेको खण्डमा पर्यटन विकास मात्र नभई आयस्रोतमा वृद्धि हुने साना हुँगी मावि फोक्सिङकोटका सहायक प्रधानाध्यापक एवत सारु बताउँछन्।
रिमिघाको पर्यटन विकास, प्रचारप्रसार गर्न र यसको धार्मिक, सांस्कृतिक एवं ऐतिहासिक महत्व पछिल्लो समय बढ्दै गएपछि गएको वैशाखमा यहाँ रिमिघा लेक महोत्सव पनि आयोजना भयो। महोत्सवले गाउँपालिकाको पर्यटन विकासमा टेवा पुगेको बताइएको छ । आन्तरिक पर्यटकको सहभागिता बढ्दो रहेको अवस्थामा बाह्य पर्यटक भित्र्याउनका लागि सहयोग पुगोस् भनेर त्यहाँ महोत्सव गरिएको हो ।
महोत्सवमा रम्भा गाउँपालिकामा उत्पादित कृषिजन्य तथा हस्तकलाका सामग्री, महिला समन्वय समितिले उत्पादन गरेका ढाका कपडा, शृङ्गारका सामग्री, साबुनलगायतका वस्तुहरु प्रदर्शन गरिएको थियो । पर्यटन प्रवद्र्धनका लागि गरिएको सो महोत्सव आयोजना गर्न गाउँपालिकाले रु तीन लाख बजेट विनियोजन गरेको थियो ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसगरमाथा आरोहण उत्साहजनक : आरोहणबाट उठ्यो ५० करोडभन्दा बढी राजस्व
बैशाख ८, २०८१ शनिबार
वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व संकलन
बैशाख ८, २०८१ शनिबार
व्यवसायीलाई जरिवाना बढी भयोः वरिष्ठ उपाध्यक्ष श्रेष्ठ
माघ १५, २०८० सोमबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
नेपालबहस संवाददाता
बैशाख ६, २०८१ बिहिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा
बैशाख ८, २०८१ शनिबार
सुधारिनेभन्दा झन् अराजक बाटोमा डौडिरहेको राजनीतिलाई कसले बाटोमा ल्याउने ?
बैशाख ८, २०८१ शनिबार
अब आन्तरिक कलह हट्नुपर्छ : नेतान्याहु
बैशाख ८, २०८१ शनिबार
सगरमाथा आरोहण उत्साहजनक : आरोहणबाट उठ्यो ५० करोडभन्दा बढी राजस्व
बैशाख ८, २०८१ शनिबार
आगो निभाउन गएको दमकल दुर्घटना, ६ जना घाइते
बैशाख ८, २०८१ शनिबार
वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व संकलन
बैशाख ८, २०८१ शनिबार