animetion
Advertisement

एजेन्सी । जापानको क्योटोस्थित एनिमेशन स्टुडियोमा भएको आगजनीको घटनामा कम्तीमा १३ जनाको मृत्यु भएको छ । आगलागीमा परी कम्तीमा ३० व्यक्ति हराइरहेका र दर्जनौँ व्यक्ति घाइते भएको बताइएको छ।
एक अज्ञात ब्यक्ती बिहान क्योटो एनिमेशनुको स्टुडियोमा प्रवेश गरेर तरल पदार्थ छ्यापेको साथै उक्त पदार्थले नै आगलागि भएको प्रहरीले जनाएको छ भने उसलाई पक्राउ गरिएको भएपनि नाम भने खुलाइएको छैन।

स्टुडियो भएको तीनतले भवनमा स्थानीय समयानुसार बिहान १०:३० बजे आगो लागेको थियो। त्यहाँ अहिले पनि उद्धारको काम भइरहेको छ।एनएचकेका अनुसार ती व्यक्तिले आगो लगाउँदै ‘अब तिमीहरू मर’ भन्ने आशयको टिप्पणी गरेका थिए। ती सन्दिग्ध व्यक्तिको सो स्टुडियोसँग कस्तो सम्बन्ध हो भन्नेबारे स्पष्ट भइसकेको छैन।

क्योटो एनिमेशन सन् १९८१ मा स्थापना भएको थियो। त्यसले के-अनू र द मेलन्कली अफ हारुही सुजुमिया जस्ता एनिमेशन कार्यक्रमहरू बनाएको छ। क्योटो एनिमेशनले बनाएका सामग्रीको तस्बिरसहित प्रशंसकहरूले सामाजिक सञ्जालमा सो घटनाबारे आश्चर्य र क्षोभ व्यक्त गरेका छन्।

Advertisement
Advertisement