ghansyam
Advertisement

काठमाडौं । नेपाली महिलाहरुको चाड तीज नजिकिदै गर्दा बजारमा तीजका गीतहरुले रौनकता ल्याएका छन् । मौलिकतालाई छाडेर आधुनिकतामा रमेको तीजमा बास्तविक मौलिकतामा आधारित रहेर पछिल्लो समय निकै नै चर्चाको शिखरमा रहेका गायक तथा सर्जक घनश्याम रिजालले आफ्नो मौलिक तीजको कोसेली बजारमा ल्याएका छन् ।

सर्जक घनश्याम रिजालको लय शब्द रहेको माइतीको आँगनी बोलको गीत गायिकाहरु मधु चापागाँई र सुनिता नेपालीले बजारमा ल्याएका हुन् ।

मौलिकतालाई बिर्सेको नेपाली समाजमा बास्तविक तीज गीत प्रस्तुत गरेको बताउछन सर्जक रिजाल, उनी भन्छन,‘तीज दिदीबहिनीको लागि मात्र नभई दाजुभाइले पनि मनाउछन् अनि वास्तविक तीज बाबुआमा विना अपुरो छ त्यसलाई नै गीतमा प्रस्तुत गरिएको छ ।’

Advertisement

साथै उनले केही समयको चर्चाको लागि लोकसंगीतलाई नविगार्न सर्जक तथा कलाकारहरुलाई अनुरोध समेत गरे ।

माईतीको आँगनी

Advertisement