स्टीमर बन्द हुँदा सर्वसाधारण मर्कामा
इन्द्र रिजाल
साउन ५, २०७६ आइतबार २१:५७:१५
स्याङ्जा । कालीगण्डकी ‘ए’ जलविद्युत आयोजना निर्माणको क्रममा बनेको जलाशयमा सञ्चालित जल यातायात (स्टीमर सेवा) वर्षायामसँगै बन्द हुँदा त्यस क्षेत्रका सर्वसाधारण मर्कामा परेका छन् । वर्षायाम लागेसँगै जल यातायात बन्द हुनुका साथै ग्रामिण सडक अस्तव्यस्त भएपछि त्यस क्षेत्रका सर्वसाधारण मर्कामा परेका हुन् ।
नदीमा पानीको बहाव बढेपछि दुर्घटना बढ्ने खतराले जल यातायात स्थगित गरिएको कालीगण्डकी जल यातायात समितिका अध्यक्ष डोलराज भट्टराईले जानकारी दिए । उनका अनुसार यातायात सेवा स्थगित भएपछि स्याङ्जा, पर्वत र गुल्मी जिल्लाका ग्रामीण क्षेत्रमा बसोबास गर्ने बासिन्दा यातायातको सुविधाबाट वञ्चित भएका छन् ।
स्याङ्जा, पर्वत र गुल्मीका ग्रामीण भेगका बासिन्दाले वर्षको ९ महिनासम्म यातायातको सुविधा प्रत्यक्ष उपभोग गर्दै आए पनि प्रत्येक वर्षको वर्षातको समय तीन महिना अबरुद्ध हुने गरेको छ । स्याङ्जाको कालिगण्डकी गाँउपालिका ७ मिर्मीबाट पर्वतको दक्षिण भेग विहादी गाउँपालिका ६ सम्म झण्डै ८ किलोमिटरको दूरीमा जलयात्रा सञ्चालन हुँदै आएको छ ।
यातायात अवरुद्ध हुँदा दैनिक आधा घण्टामा सकिने यात्रा चार घण्टा पैदलयात्रा गर्नुपर्ने बाध्यता रहेको स्थानीयले बताए । हिँउदको समयमा सस्तो शुल्कमा मालसामान ढुवानी गर्न पाएका स्थानीयवासी यातायात अवरुद्ध बन्दा खच्चडमार्फत महँगो शुल्कमा ढुवानी गर्न बाध्य भएको स्थानीय व्यवसायी बताउँछन् ।
व्यवसायिक रुपमा १९ वर्षदेखि स्टिमर सञ्चालन हुँदै आएको छ । २०५७ देखि सञ्चालनमा आएको सो सेवाबाट यात्रा तथा सामान ढुवानी गर्न निकै सहज भएको स्थानीयले बताए । स्टीमरबाट दैनिक एक हजार भन्दाबढी मानिस ओहोरदोहोर गर्ने गरेको समितिका अध्यक्ष भट्टराईले जानकारी दिए ।
हिउँदको समयमा समितिमार्फत दैनिक १० वटा स्टीमर सञ्चालन गरिदै आएको छ । नेपाल सरकारले जलाशय यातायातको आवश्यक कानून निर्माण नगर्दा विगतमा स्टीमर व्यवसायी मर्कामा पर्ने गरेका थिए । कानून अभावमा दुर्घटना बीमा नहुँदा उनीहरु मर्कामा परेका थिए ।
स्टीमर सेवा स्थगित हुँदा कालीगण्डकी किनारमा रहेको प्रवित्र धार्मिक स्थल सेतीवेणी सुनसान बनेको छ । साउन महिनामा सेतीवेणीमा मेला भर्न जाने पर्यटक जान नपाएपछि धार्मिक स्थल सुनसान बनेको हो । पर्यटकको आगवन नभएपछि स्थानीय व्यवसायी ३ महिनाका लागि निराश छन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपइ भी नेपाल मोटर्सको ल्यायो भ्यालेन्टाइन स्किम
फागुन १, २०८० मंगलबार
टोयोटाले बढायो वार्षिक खुद नाफा प्रक्षेपण
माघ २३, २०८० मंगलबार
हुवावेको नयाँ स्मार्टफोन आउँदै, आइफोन १६ सँग प्रतिस्पर्धा गर्ने
माघ २१, २०८० आइतबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
गोदावरी बैठक छाडेर घरमै आराम गरिरहेका छन ओली
नेपालबहस संवाददाता
बैशाख ९, २०८१ आइतबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
सुनचाँदीको मुल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
बैशाख ११, २०८१ मंगलबार
सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा
बैशाख ११, २०८१ मंगलबार
जनकपुरमा होटलको एउटै कोठामा महिला र पुरुष झुन्डिएको अवस्थामा मृत फेला
बैशाख ११, २०८१ मंगलबार
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा
बैशाख ११, २०८१ मंगलबार
ट्याक्टर दुर्घटनाबाट सशस्त्र प्रहरीले बचाए चालकको ज्यान
बैशाख ११, २०८१ मंगलबार
रुससँग लड्न युक्रेनले अब उमेर पुगेका नागरिकलाई स्वदेश फिर्ता बोलाउने
बैशाख ११, २०८१ मंगलबार
राष्ट्रपति पौडेलद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना
बैशाख ११, २०८१ मंगलबार