ओलीको प्राथमिकतामा नपरेको पुँजी बजार
इन्द्र रिजाल
साउन १३, २०७६ सोमबार २२:३४:२
♠ इन्द्र रिजाल
काठमाडौं । तीन वर्षअघि शेयर कारोबारबाट विनोद पौडेलले भक्तपुरको गठ्ठाघरमा गज्जबको बंगलो बनाए । लगभग आठ महिनापछि एउटा सेकेण्ड ह्याण्ड गाडी चढे । आम्दानी राम्रै थियो । उनले बैंक तथा सहकारीबाट त्यही घर राखेर डेढ करोड रुपैयाँ ऋण उठाए । शेयरको आम्दानीले लोभ्याइसकेको उनको मन अन्यत्र जाने कुरै भएन । त्यो पैसा उनले फेरि शेयरमै लगानी गरे ।
झण्डै अढाई करोड रुपैयाँ लगानी गरेका उनको बजार मूल्य अहिले केवल ७५ लाखको हाराहारीमा झरेको छ । बैंक र वित्तीय संस्थाले व्याज बुझाउन चर्काे दवाव दिइरहेका छन् । तर उनी बैंकसँग कारोबार गर्ने अवस्थामा छैनन् । कुनै पनि बेला घरबारी लिलामीमा चढेको सूचना प्रकाशित हुने अवस्था छ ।
एक आधा वर्षमा लगानीको दोब्बर आम्दानी हुने विनोदको अनुमान थियो । यसैबीच देशमा कम्युनिष्ट लहर चल्यो । २०७३ सालको आम निर्वाचनमा नेकपाले ल्याण्डस्लाइड भिक्ट्री अर्थात अकल्पनीय विजय प्राप्त ग¥यो । यसले विनोदको आशा र भरोसा अझै बढायो । किनभने देशमा बलियो सरकार बन्दै थियो । लामो समयको राजनीतिक संक्रमण र अस्थिरताले कमजोर बनेको शेयर बजारमा उछाल आउने उनको अनुमान थियो ।
केपी शर्मा ओली नेतृत्वमा झण्डै दुई तिहाई समर्थनमा सरकार पनि बन्यो । सुरुमा शेयर बजारले हरियो झण्डा देखाएर ओली सरकारलाई स्वागत ग¥यो । अनि विनोद अझै हौसिए । श्रीमतीको गरगहना र आफन्तसँग ऋण काढेर शेयरमा अझै लगानी थपे । अर्थमन्त्री डा. युवराज खतिवडा बने । यसले विनोदको उत्साहलाई थप बल पुग्यो ।
तर अर्थमन्त्री डा. खतिवडाले प्रारम्भमै शेयर बजारलाई हतोत्साही गर्ने अभिव्यक्ति दिए । परिणामत : शेयर बजारले रातो झण्डा देखाउन थाल्यो । झण्डै दुई हजारको हाराहारीमा पुग्न लागेको नेप्से परिसूचक नोज डाइभ ट्रेण्डमा गयो । अर्थात नाकै ठोकिने गरी तल झर्न थाल्यो ।
अहिले विनोद धोती न टोपी हुने अवस्थामा पुगेका छन् । झण्डै अढाई करोड रुपैयाँ लगानी गरेका उनको बजार मूल्य अहिले केवल ७५ लाखको हाराहारीमा झरेको छ । बैंक र वित्तीय संस्थाले व्याज बुझाउन चर्काे दवाव दिइरहेका छन् । तर उनी बैंकसँग कारोबार गर्ने अवस्थामा छैनन् । कुनै पनि बेला घरबारी लिलामीमा चढेको सूचना प्रकाशित हुने अवस्था छ ।
विनोद त प्रतिनिधि पात्र मात्र हुन् । अहिले शेयर बजारमा आएको लगातारको गिरावटले खुलाबजार अर्थतन्त्रकै खिल्ली उडाएको छ । दुई तिहाईको स्थिर सरकार भएपनि शेयर बजारले ओली सरकारलाई पत्याएको छैन । धेरै मानिसको पैसा ठूलो जोखिममा छ । राज्यले लिने नीति नै पुँजी बजारको विकास र विस्तारमा निर्णायक हुन्छ । तर वर्तमान सरकार पुँजी बजारको नियमन गर्ने निकाय नेपाल धितोपत्र बोर्डलाई कार्यकर्ता भर्ती केन्द्र बनाउन चाहन्छ । खुला बजार अर्थतन्त्रको मर्म बुझेको र विषय विज्ञबाट मात्रै यो काम हुने हो ।
उता, नेपाल राष्ट्र बैंकको तरबारले पनि शेयर बजारलाई अस्थिर बनाउने काम गर्ने गरेको छ । भर्खरै सार्वजनिक गरिएको मौद्रिक नीतिले पुँजी बजारलाई राहत दिने कुनै कार्यक्रम ल्याउन सकेन । यसको मतलव स्पष्ट छ, वर्तमान कम्युनिष्ट सरकारको प्राथमिकतामा पुँजी बजार परेको छैन ।
शेयरका खेलाडीहरुले चलखेल गरेर अस्थायी रुपमा बजार प्रभावित गरेपनि लामो समय टिक्न सक्दैन । तीन वर्षअघिको बजार पुँजीकरणको तथ्याङ्क हेर्ने हो भने २१ खर्ब रुपैयाँ रहेको पाउँछौं । अहिले त्यो केवल १५ खर्बमा खुम्चिएको छ । यसले पनि स्पष्ट गर्छ की हाम्रा लगानीकर्ताले यस अवधिमा कति गुमाए भनेर ।
अहिले शेयरमा लगानी गर्नेहरुमा ९० प्रतिशतसम्म गुमाउनेको संख्या कम छैन । ५० प्रतिशत घाटामा जाने लगानीकर्ता त असंख्य नै छन् । केही टाठाबाठा खेलाडी चाहिं आफ्नो लगानी उठाएर बाहिरिईसकेका छन् । सोझासाझा चाहिं अहिले भूतले खाजा खाने बेलामा फसेका छन् ।
लामो समय लगातार बजार घट्दा साना लगानीकर्ताले ठूलो मार खप्नु परेको छ । धेरै साना लगानीकर्ता साँवा उठे मात्रै पनि बजारबाट बाहिरिने मनस्थितिमा छन् । बैंक,बीमा , लघुवित्त र जलविद्युत्मा गरिएका लगानी यतिखेर बढी जोखिममा परेको देखिन्छ । यो स्थिति अझै लम्बियो भने लगानीकर्तामा आक्रोश थपिने र अवस्था अराजक बन्ने भय रहेको छ ।
तर ओली सरकारलाई यतातिर न कुनै चिन्ता छ , न कुनै योजना नै । हुन त कम्युनिष्ट पार्टीको सरकार भएकाले पनि उसको बजार अर्थतन्त्रमा कुनै चासो हुने भएन । शेयर बजारलाई जुवा ठान्ने कम्युनिष्टहरुबाट धेरै ठूलो अपेक्षा गर्ने कुरा आफैंमा अपत्यारिलो हो ।
शेयर बजारको सैद्धान्तिक पक्षको कुरा गर्दा बजारमा माग बलियो नभएसम्म शेयरको भाउ बढ्ने कुरा भएन । शेयरका खेलाडीहरुले चलखेल गरेर अस्थायी रुपमा बजार प्रभावित गरेपनि लामो समय टिक्न सक्दैन । तीन वर्षअघिको बजार पुँजीकरणको तथ्याङ्क हेर्ने हो भने २१ खर्ब रुपैयाँ रहेको पाउँछौं । अहिले त्यो केवल १५ खर्बमा खुम्चिएको छ । यसले पनि स्पष्ट गर्छ की हाम्रा लगानीकर्ताले यस अवधिमा कति गुमाए भनेर ।
अब तत्कालै संस्थागत लगानीकर्ता नभित्र्याएसम्म पुँजी बजारले उँचाई लिन सक्ने अवस्था छैन । साना पुँजी भएका लगानीकर्ताले मात्रै शेयर बजार धान्ने अवस्था छैन । त्यसैले सरकारले नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष जस्ता मार्केट मेकर संस्थालाई शेयर बजारमा भित्र्याउने नीति नियम बनाउनै पर्छ । साथै, विदेशी संस्थागत लगानीसमेत आकर्षित गर्ने नीति अख्तियार गरिएन भने हाम्रो शेयर बजारले गति लिनेमा विश्वास गर्न सकिने अवस्था छैन ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपज्योति विकास बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदो क्रममा, व्यवसाय विस्तार ठप्प
बैशाख ११, २०८१ मंगलबार
राहदानीको फिचर्स परिवर्तन र एमआरपी खरिदमा मुख्यसचिवदेखि सुरक्षा सल्लाहकारसम्म तानिने
बैशाख ८, २०८१ शनिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित
बैशाख १२, २०८१ बुधबार
आज प्रचार प्रसारको अन्तिम दिन, इलाममा कांग्रेसको ४२ वटै वडामा घरदैलो
बैशाख १२, २०८१ बुधबार
मोहन्यालमा नौ वटा सिँचाइ योजनाको काम सुरु
बैशाख १२, २०८१ बुधबार
‘गोरखा भूकम्प’ स्मृति दिवसका अवसरमा आज सार्वजनिक बिदा
बैशाख १२, २०८१ बुधबार
हिमालय हाइड्रो एक्स्पोको पहिलो दिनको उपलक्ष्यमा ईभी र्यालि [ फोटोफिचर ]
बैशाख १२, २०८१ बुधबार
बजारमा सुनचाँदीको मूल्य बढ्यो, प्रतितोला कति ?
बैशाख १२, २०८१ बुधबार