एकबर्षमा स्याङ्गजामा ३२९ वटा मुद्धा दर्ता :- प्रहरी
इन्द्र रिजाल
साउन १३, २०७६ मंगलबार १:३:१४
स्याङ्जा । आर्थिक बर्ष २०७५/७६ मा जिल्ला प्रहरी कार्यालय स्याङ्गजामा बिभिन्न २९ शिर्षकका ३२९ वटा मुद्धा दर्ता भएका छन् । प्रहरी कार्यालयमा दर्ता भएका मुद्धामा झुण्डिएर आत्महत्या गर्ने सबैभन्दा धेरै रहेको तथ्याङ्कले देखाएको छ ।
आर्थिक बर्ष २०७५/०७६ मा ४६ पुरुष र २३ महिला, एक बालक र ५ बालिकाले आत्महत्या गरेको तथ्याङ्क जिल्ला प्रहरी कार्यालय स्याङ्जाले सार्वजनिक गरेको छ । आफ्नो बार्षिक प्रगतिको बारेमा जानाकारी दिने उदेश्यले पत्रकार भेटघाट गर्दै प्रहरी नायब उपरिक्षक नबिनकृष्ण भण्डारीले दर्ता भएका मुद्धामा नैतिकता बिरुद्धको कसुरमा ५३, भवितब्य ज्यानमा २८, फुटकर ज्यान २३, जबरजस्ती करणी २०, लागु औषध १८ रहेको बताए । मुद्धामा आरोपी २६९ पुरुष, १७ महिला र बिदेशी ६ पुरुष गरी २ सय ९२ जनालाई पक्राउ तथा ५६ पुरुष र ७ महिला गरी ६३ जना अझै फरार रहेको भण्डारीले बताए ।
अदालतबाट दोषी ठहर गरी फरार मध्ये एक बर्षमा ७० जना र अनुसन्धानको क्रममा रहेका फरार २३ जनालाई पक्राउ गरेको भण्डारीले बताए । प्रहरीले चलाएको समुदाय प्रहरी साझेदारी कार्यक्रमले शान्ति सुरक्षामा महत्वपूर्ण भुमिका खेलेको छ, सुचना अधिकारी समेत रहेका भण्डारीले भने,“यो कार्यक्रमलाई अझै टोल—टोल देखि घर—घरमा पु¥याउनु आवश्यक छ ।” फरार अभियुक्त र समाजमा अराजकता मच्चाउनेलाई पक्राउ गर्न यो कार्यक्रमले सहज भएको भण्डारीले बताए ।
साझेदारी कार्यक्रम शुरु भएपश्चात ७६ हजार ६ सय ७६ गाँजाका बोट नष्ट मात्रै गरिएन भण्डारीले भने, “सँगसँगै अबैध रुपले उत्पादन हुदै आएको २१ हजार ३ सय ८८ घरेलु मदिरा नष्ट गरिएको छ ।” साझेदारी कार्यक्रम अन्र्तगतको विद्यालय केन्द्रित कार्यक्रमबाट ६ हजार ३ सय २२ छात्र र ८ हजार १ सय ३३ छात्रा, ५ सय १७ अभिभावक र ९ सय ४७ शिक्षक शिक्षिकासँग प्रहरी पुगेको भण्डारीले बताए ।
प्रहरी समुदाय केन्द्रित कार्यक्रम अन्र्तगत १० हजार ५० जनासँग पुगेर सचेतनाको काम भएको छ, जिल्ला प्रहरी प्रमुख राजकुमार लम्सालले भने,“प्रहरीले १८ बिद्यालयमा प्रहरीसँग एक दिन कार्यक्रम, रक्तदान, बृक्षारोपण जस्ता कार्यहरु गरेको छ ।” जसले समुदायमा शान्ति सुरक्षा प्रति चासो र अवस्था बारे थाहा पाउन प्रहरीलाई सहज भएको प्रहरी प्रमुख लम्सालले बताए ।
प्रहरी भित्र राम्रो काम गर्ने प्रनाउसहित ३८ जनालाई पुरस्कृत गरिएको छ भने खराब काम गर्ने ३२ जनालाई कारबाही गरिएको प्रहरी उपरिक्षक लम्सालले बताए । प्रहरीले एक बर्षको अवधिमा राम्रा उपलब्धी हासिल गरेको हाम्रो बुझाई छ, प्रहरी प्रमुख लम्सालले भने,“सधै प्रहरी नागरिकको हितमा जुटि रहने छ ।” प्रहरीले सधैं राम्रा मात्रै काम गर्छ भन्ने बुझाई हाम्रो छैन, लम्सालले भने यसमा खबरदारी र सुझाव दिने काम पत्रकारले गर्नुपर्छ ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष ओमप्रकाश शर्माले पत्रकार र प्रहरी बीचको सम्बन्ध सधैं राम्रो रहनुपर्नेमा जोड दिए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
फरार रहेका जीवन चलाउनेविरुद्ध डिफ्युजन नोटिस जारी गर्न प्रहरीले गर्यो पत्राचार
बैशाख ६, २०८१ बिहिबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
नेपालले यूएईलाई दियो १२० रनको सामान्य लक्ष्य
बैशाख ७, २०८१ शुक्रबार
योगेशले बुढानिलकण्ड पुगेर देउवालाई दिए निम्तो
बैशाख ७, २०८१ शुक्रबार
शमी साहित्य साधना सम्मान घोषणा
बैशाख ७, २०८१ शुक्रबार
पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध
बैशाख ७, २०८१ शुक्रबार
नेकपा एमालेले किन बोलायो विशेष पत्रकार सम्मेलन ?
बैशाख ७, २०८१ शुक्रबार
अर्धशतक बनाएर आउट भए सन्दीप जोरा
बैशाख ७, २०८१ शुक्रबार