कक्षा १२ को नतिजा सार्वजनिक
नेपालबहस संवाददाता
साउन १३, २०७६ मंगलबार ५:१२:२०
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले गत वैशाखमा लिएको परीक्षाको नतिजा आज सार्वजनिक गरेको हो ।
बोर्डले गत वर्षबाटै ग्रेडिङमा नतिजा सार्वजनिक गर्न थालेको हो । यस वर्ष पनि ग्रेडिङमा नतिजा सार्वजनिक गरेको छ । नतिजा अनुसार नियमिततर्फ परीक्षामा सहभागी दुई लाख ९२ हजार १५३ मध्ये ३.६१ देखि ४.०० जिपिएसम्म अङ्क ल्याउने विद्यार्थी जम्मा तीन हजार ६७ रहेको बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माले जानकारी दिए। उनका अनुसार ३.२१ देखि ३.६० जिपिए ल्याउने विद्यार्थीको सङ्ख्या १६ हजार २०४ रहेको छ ।
नतिजा अनुसार सबैभन्दा बढी अर्थात् ८६ हजार २२७ विद्यार्थीले २.०१ देखि २.४० जिपिए ल्याएका छन् भने १.६१ देखि २.०० जिपिए ल्याउने विद्यार्थीको सङ्ख्या ६२ हजार ६१९ तथा २.४१ देखि २.८० जिपिए ल्याउने ५६ हजार ५०३ विद्यार्थी रहेका छन् । त्यस्तै ६२ हजार ६१९ विद्यार्थीले १.६१ देखि २.०० जिपिए, १९ हजार विद्यार्थीले १.२१ देखि १.१६० जिपिए, तीन हजार ५२४ विद्यार्थीले ०.८१ देखि १.२० जिपिए र १३ हजार ३६२ विद्यार्थीले ०.८० भन्दा कम जिपिए ल्याएका छन् ।
परीक्षामा नियमित, ग्रेडवृद्धि र आंशिकतर्फ गरी कूल चार लाख २८ हजार ६७ परीक्षार्थी सहभागी रहेको र ग्रेडिङ पद्दतिअनुसार नौ तहको ग्रेड अनुसार नतिजा सार्वजनिक गरिएको शर्र्माले बताए । ग्रेडवृद्धितर्फ ७८ हजार ७४४ परीक्षार्थी परीक्षामा सहभागी थिए ।
बोर्डले ५७ हजार १७० परीक्षार्थीले आशिंक परीक्षा दिएकामा २३ हजार ९१५ विद्यार्थी उत्तीर्ण भएको जनाएको छ । आंशिकतर्फ ४१.८३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपत्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिममा २० जना सहभागी
बैशाख १३, २०८१ बिहिबार
मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा, खड्का, गौतम र सिंहको नाम सिफारिस
बैशाख ७, २०८१ शुक्रबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
खोला किनारमा निर्माणाधीन बसपार्क
बैशाख १३, २०८१ बिहिबार
सुर्खेतमा राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन हुने
बैशाख १३, २०८१ बिहिबार
राष्ट्रिय चलचित्र पुरस्कारका लागि बोर्डले माग्यो आवेदन
बैशाख १३, २०८१ बिहिबार
यस वर्ष लुबाट थाइल्यान्डमा ३० जनाको मृत्यु, तातो मौसमको चेतावनी जारी
बैशाख १३, २०८१ बिहिबार
भलिबल प्रतियोगितामा सहभागी हुन खेलाडी तथा प्रशिक्षक बङ्गलादेश प्रस्थान
बैशाख १३, २०८१ बिहिबार
त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिममा २० जना सहभागी
बैशाख १३, २०८१ बिहिबार