डिएपी मलको वितरण आजबाट शुरु
नेपालबहस संवाददाता
साउन १४, २०७६ मंगलबार २३:३९:७
सिरहा । लहानस्थित साल्ट ट्रेडिङ कर्पोरेशनले आजदेखि डिएपी मल वितरण शुरु गरेको छ । मलखादको प्रमुख बिक्रेता कृषि सामग्री कम्पनी कार्यालय लहानमा डिएपी मल आभाव रहेका बेला साल्ट ट्रेडिङले मल वितरण शुरु गरेको हो ।
सिरहामा कृषि सामग्री कम्पनीले ७० प्रतिशत र साल्ट ट्रेडिङले ३० प्रतिशत रासायनिक मलखाद बिक्री वितरण गर्ने गरेका छन् । केन्द्रबाट जम्मा ३४ टन मात्र डिएपी मल आयात गरिएको छ । साल्ट ट्रेडिङ लहानका प्रमुख जीतेन्द्र साहका अनुसार धान रोपाइँको बेला डिएपी मलको माग अत्यधिक छ । धान रोपाइँमा व्यस्त रहेका किसान कृषि सामग्री कम्पनीमा डिएपी मल नआउँदा समस्यामा छन् ।
लामो समयदेखि आपूर्ति नहुँदा डिएपी मल आभाव भएको कृषि सामग्री कम्पनी लिमिटेड लहानका प्रमुख चन्द्रप्रसाद चौलागाईंले जानकारी दिए । सिरहामा ३० हजार बोरा डिएपी मल चाहिएकामा हाल कृषि सामग्री कम्पनीको गोदाम रित्तो छ । युरिया भने पर्याप्त रहेको चौलागाईंको भनाइ छ ।
डिएपी मल रोपाइँ गरेकै दिन हाल्नुपर्ने भए पनि मल किन्नका लागि दिनहुँ सहकारी संस्थामा धाउने गरे पनि मल नपाएपछि निराश भएर किसान फर्कने गरेका छन् । मानो रोपेर मुरी उत्पादन गर्ने समयमा मल नपाउँदा धान रोपाइँ प्रभावित हुनुका साथै उत्पादनसमेत घट्ने किसानलाई चिन्ता छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचैते धानमा किसानको आकर्षण बढ्दै
चैत १५, २०८० बिहिबार
किसानले यस वर्षको कुचो नकाटी बगानमै छाडे
चैत १५, २०८० बिहिबार
अन्न उत्पादन घटेपछि म्याग्दीका किसान फलफूलखेतीमा
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
नेपालमा बस्छन ६० देशका अवैतानिक वाणिज्यदूत
चैत १५, २०८० बिहिबार