वडा कार्यालय जलाएको भन्दै किटानी जाहेरी
नेपालबहस संवाददाता
साउन १६, २०७६ बिहिबार १३:४५:५२
डोटी । जिल्लाको शिखर नगरपालिका–७ को वडा कार्यालयमा आगजनी गरेको भन्दै सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्ता दीर्घबहादुर कुँवरविरुद्ध जिल्ला प्रहरी कार्यालय डोटीमा किटानी जाहेरी परेको छ ।
आगलागीबाट वडा कार्यालयमा भएका सम्पूर्ण कागजात, फर्निचर, भवन सबै सखाप भएको भन्दै वडाध्यक्ष नरबहादुर बलायरले कुँवरविरुद्ध किटानी जाहेरी दिएका हुन् ।
उक्त वडा कार्यालयमा यही साउन १२ गते राति आगजनी गरिएको थियो । त्यस्तै गत साउन ७ गते डोटीकै जोरायल गाउँपालिका–४ को वडा कार्यालयमा पनि अज्ञात समूहले आगजनी गरेको थियो ।
आगजनीबाट वडाध्यक्ष र वडासचिवको कार्यकक्षमा रहेका सम्पूर्ण कागजात, फर्निचरलगायतका सामग्री जलेर नष्ट भएका छन् । घटनास्थलमा भेटिएको मोबाइल सेटको आधारमा प्रहरीले एक शङ्कास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको भए पनि नाम भने सार्वजनिक गरेको छैन ।
वडाध्यक्ष नन्दलाल भट्टले विप्लव समूहका स्थानीय एक कार्यकर्ताको संलग्नता भएको हुनसक्ने आशङ्का गरेपछि प्रहरीले मोबाइल र वडाध्यक्षको भनाइलाई आधार मानेर पक्राउ गरेको बताइएको छ ।
त्यस्तै गएको जेठको १४ गते राति बडीकेदार गाउँपालिका–४ मान्नाकापडीको वडा कार्यालयमा पनि आगजनी भएको थियो । वडा कार्यालय पूर्णरूपमा क्षति भएको वडाध्यक्ष वीरेन्द्र केसीले बताए ।
विप्लव समूहले नै आगजनी गरेको अड्कल र किटान गर्दै अहिले आगजनीमा परेका वडा कार्यालयका वडाध्यक्ष किटानी जाहेरी दिन लागिपरेका छन् ।
जिल्लामा रहेका स्थानीय तहका वडा कार्यालयमा सो पार्टीको संलग्नतामा नै आगजनी हुने गरेको निष्कर्ष निकाल्दै यहाँका जनप्रतिनिधि विप्लव समूहसँग आक्रोशित हुन थालेको स्थानीयवासी बताउँछन् । उनीहरु भन्छन्, “गलत गरेको भए कानूनी बाटो खोजाँै, जनताका संरचना जलाएर के काम ।”
जिल्लामा एकपछि अर्को गरी वडा कार्यालयमा आगो लागेपछि जनप्रतिनिधिमा केही त्रास बढेको बताइएको छ । “तीन कार्यालयमा आगो लागिसक्यो, कुनै कारवाही भएको देखिँदैन”, शिखर नगरपालिका–१ का वडाध्यक्ष खडकबहादुर शाहीले भन्नुभयो, “आगो लाग्दै गर्ने, पक्राउ कोही नपर्ने हो भने अपराधीको मनोबल बढ्छ, गलत गर्नेलाई कानूनी सजाय हुनुपर्छ ।”
उता जिल्ला कार्यालय डोटीका प्रमुख विद्यानन्द माझीले वडा कार्यालयमा आगजनी भएको घटनाको सूक्ष्म अनुसन्धान भइरहेको बताए । उनले भने, “शिखर र जोरायलको घटनामा संलग्न भएका केही पक्राउ परेका छन्, बडीकेदारमा आगजनी गर्नेको खोजी हुँदै छ, चाँडै सबै पक्राउ हुनेछन् ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरुसी सेनामा २ सयभन्दा बढी नेपाली भर्ती
मंसिर २५, २०८० सोमबार
कीर्तिमानी सगरमाथा आरोही बुढालाई प्रधानमन्त्रीले दिए बधाई
जेठ ९, २०८० मंगलबार
सिर्सिया नदीको दुषित पानी बोकेर काठमाडौं आउँदै पीडित
जेठ ८, २०८० सोमबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
‘कोर्स करेक्सन’का लागि अब कांग्रेस–एमाले गठबन्धन, देशले कहिलेसम्म अस्थिर दाहाललाई झेल्ने ?
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
इन्डिगो एयरलाइन्सको सीटमा १ केजी सुन भेटियो, ल्याउने मान्छे भेटिएन
बैशाख ६, २०८१ बिहिबार
'....नाँकको डाँडीमा लात्तीले हिर्काउनु पर्छ' भन्नेलाई मेरो सुझाव
बैशाख ६, २०८१ बिहिबार
छिन्नमस्तामा डिजिटल माटो परीक्षण प्रयोगशाला सञ्चालन हुने
बैशाख ६, २०८१ बिहिबार