स्थायी लेखा नम्बर लिनेको सङ्ख्यामा वृद्धि
नेपालबहस संवाददाता
साउन १६, २०७६ बिहिबार २०:२९:१०
तनहुँ । आन्तरिक राजश्व कार्यालयबाट दुई हप्ताको अवधिमा एक हजार २०० भन्दा बढीले व्यक्तिगत स्थायी लेखा नम्बर (पान) लिएका छन् । आर्थिक वर्ष ०७६/७७ देखि कुनै पनि कार्यालय वा स्थानमा सेवा गरी तल,भत्ता, ज्याला वा पारिश्रमिक लिने व्यक्तिले अनिवार्यरुपमा व्यक्तिगत स्थायी लेखा नम्बर लिनुपर्ने व्यवस्था गरेसँगै राजश्व कार्यालयमा यतिबेला सेवाग्राहीको भीड लागेको हो ।
साउन १ गतेदेखि १४ गतेसम्म कार्यालयबाट १ हजार २१७ ले व्यक्तिगत स्थायी लेखा नम्बर लिएको कार्यालयका प्रमुख सूर्यप्रसाद सेढाईंले जानकारी दिए । आर्थिक वर्ष ०७६/७७ देखि लेखा नं नभएका श्रमिकलाई वितरण गरिने पारिश्रमिक वा ज्यालामा स्थायी लेखा नम्बर उल्लेख नगरिए रु एक हजारभन्दा बढी मूल्यको बिजकबापतको खर्च कट्टि गर्न नपाउने नियम लागुभएसँगै व्यक्तिगत स्थायी लेखा नम्बर लिनेको सङ्ख्या बढेको उनले जानकारी दिए।
सोही अवधिमा ६१४ जनाले व्यावसायिक स्थायी लेखा नम्बर लिएका छन् । व्यक्तिगत र व्यावसायिक गरी साउनको दोस्रो सातासम्म एक हजार ८३१ ले स्थायी लेखा नम्बर लिएका थिए ।
गत आर्थिक वर्षमा दैनिक १०० को हाराहारीमा स्थायी लेखा नम्बर लिने सेवाग्राही रहेकामा साउनदेखि भने दैनिक २००/३०० ले स्थायी लेखा नम्बर लिने गरेका छन् ।
करको दायरामा ल्याउन करशिक्षा, कर जागरणलगायत कार्यक्रम सञ्चालन हुँदै आएको छ । विसं २०६९ वैशाख ९ गते करदाता सेवा कार्यालयका रुपमा स्थापना भएको कार्यालय विसं २०७५ असार २० गते आन्तरिक राजश्व कार्यालयका रुपमा स्तरोन्नति भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपव्यवसायीलाई जरिवाना बढी भयोः वरिष्ठ उपाध्यक्ष श्रेष्ठ
माघ १५, २०८० सोमबार
तेस्रो मुलुकका लागि निर्यातको शुभारम्भ
माघ १२, २०८० शुक्रबार
महानगरविरूद्ध सडक व्यापारीले आन्दोलन गर्ने
माघ १२, २०८० शुक्रबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार