मिस्टर वल्र्डमा मिस्टर नेपाल विजेता अक्षयजङ्ग रायमाझी
नेपालबहस संवाददाता
साउन १६, २०७६ बिहिबार २३:४८:२९
काठमाडौं । फिलिपिन्सको राजधानी मनिलामा यही साउन २१ गते हुने ‘मिस्टर वल्र्ड २०१९’ को दशौँ संस्करणमा मिस्टर नेपाल विजेता अक्षयजङ्ग रायमाझीले नेपालको प्रतिनिधित्व गर्ने भएका छन् ।
आज आयोजित पत्रकार सम्मेलनमा एक्सपोज नेपालका कार्यकारी प्रमुख अर्चना थापाले विश्वका १०० भन्दा बढी देशका प्रतिनिधिसँग हुने उक्त प्रतिस्पर्धामा नेपालले सहभागिता जनाउने विषय सम्पूर्ण नेपालीका लागि गौरव भएको बताइन् । उक्त प्रतियोगितामा १७ वर्षदेखि ३० वर्षसम्मका युवा सहभागी हुने छन् ।
उक्त कार्यक्रममा रायमाझीले नेपाली भेषभूषाका साथै कला संस्कृतिको अन्तर्राष्ट्रिय तहमा प्रवर्धन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । उनले उक्त प्रतियोगितामा सगरमाथा, हिन्दूशास्त्र, बौद्धतन्त्रका महत्वबारे अन्तर्राष्ट्रिय तहमा जानकारी गराउने र भैरव नृत्य गर्ने कार्यक्रम छ ।
युवाको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि गर्ने उद्देश्यले सन् २००१ देखि सञ्चालित मिस्टर नेपालमा सहभागी प्रतिस्पर्धीलाई क्षमता उजागर, नेतृत्वदायी क्षमता, राष्ट्रिय गौरवका विषयवस्तुबारे जानकारी गराइन्छ । मिस्टर नेपाल युवाको बौद्धिकता र व्यक्तित्वका आधारमा गराइने पुरुष ट्यालेन्ट पेजेन्ट हो ।
काठमाडौं बानेश्वर निवासी रायमाझी सन् २०१७ का विजेता हुन । मिस्टर नेपाल २०१९ का लागि नयाँ आवेदन खुला गरिएको जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपहिलो पटक मिस युनिभर्समा भाग लिँदै साउदी अरब
चैत १५, २०८० बिहिबार
सौन्दर्य प्रतियोगिता मिसेस नेपाल क्यानडा भव्यरुपमा सम्पन्न
माघ १८, २०८० बिहिबार
मोडल तथा अभिनेत्री नम्रताको बिकिनी तस्बिर सार्वजनिक
माघ ११, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
नेपालमा बस्छन ६० देशका अवैतानिक वाणिज्यदूत
चैत १५, २०८० बिहिबार