उपनिर्वाचन मङ्सिरमा
नेपालबहस संवाददाता
साउन १६, २०७६ शुक्रबार १:३:१९
काठमाडौंं । स्थानीय तह, प्रदेश/प्रतिनिधि सभा सदस्यको पदमा रिक्त स्थानमा आगामी मङ्सिरमा उपनिर्वाचन गर्न राजनीतिक दलले निर्वाचन आयोगलाई सुझाब दिएका छन् ।
निर्वाचन आयोगमा आज आयोजित छलफलमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले कानूनमा भएको उपनिर्वाचनसम्बन्धी व्यवस्था र आयोगले हाल गर्दै गरेको तयारीका सम्बन्धमा जानकारी गराएका थिए । आयुक्त ईश्वरीप्रसाद पौड्यालले छलफलमा उपस्थित सहभागीलाई उपनिर्वाचनसम्बन्धी कानूनी व्यवस्था र छलफल कार्यक्रम आयोजना गर्नुको उद्देश्यबारे जानकारी गराएका थिए ।
सो अवसरमा सहभागी राजनीतिक दलका प्रतिनिधिले उपनिर्वाचनका लागि आगामी मङ्सिर महीना उपयुक्त हुने, निर्वाचन आचार संहितालाई कडाइका साथ पालना गर्नुपर्ने साथै सबै रिक्त स्थानको निर्वाचन एकैचोटी गर्नुपर्नेजस्ता महत्वपूर्ण सुझाव दिएको निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचनमा इलेक्ट्रोनिक भोटिङ मेसिन(इभिएम) प्रयोग तथा विदेशमा बस्ने नेपाली नागरिकको मताधिकार र निर्वाचन व्यवस्थापनलाई थप प्रभावकारी बनाउने सम्बन्धमा उनिहरुले सुझाव दिएको बताइएको छ ।
प्रतिनिधि÷प्रदेशसभा र स्थानीय तहमा प्रतिनिधित्व गर्ने १८ वटा राजनीतिक दललाई आमन्त्रण गरिएको उक्त छलफलमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी (राजपा), सङ्घीय समाजवादी फोरम, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्त, राष्ट्रिय जनमोर्चा, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, विवेकशील साझा पार्टी, नेपाली जनता दल, नेपाल, समाजवादी पार्टी, नेपाल मजदूर किसान पार्टी, नयाँ शक्ति पार्टी, नेपाली जनता दल, नेकपा मालेलगायत दलको सहभागिता थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसर्वोच्चले गरिदियो कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा
चैत १६, २०८० शुक्रबार
मन्त्रीहरुलाई राष्ट्रिय सभामा उपस्थित हुन निर्देशन
चैत १६, २०८० शुक्रबार
ठेकेदारले कामको गुणस्तर र समयभन्दा बक्यौता भुक्तानीमा मात्र ध्यान दिएः प्रधानमन्त्री
चैत १६, २०८० शुक्रबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
क्रिप्टो संस्थापक ब्याङ्म्यान–फ्राइडलाई २५ वर्ष जेल सजाय
चैत १६, २०८० शुक्रबार
अन्तर्राष्ट्रिय अदालतद्वारा गाजामा निर्बाध सहायता अनुमति दिन आदेश
चैत १६, २०८० शुक्रबार
सुदूरपश्चिम सरकारबाट नबाहिरए दलका नेता चौधरीलाई कारवाही गर्ने रञ्जिताको चेतावनी
चैत १६, २०८० शुक्रबार
आगामी वर्षको बजेट लेख्न अर्थ मन्त्रालयले बनायो समिति
चैत १६, २०८० शुक्रबार
शुक्लाफाँटामा दुर्लभ मानिएको बाह्रसिङ्गाको गणना हुँदै
चैत १६, २०८० शुक्रबार
नेपाली सेनाको उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम सम्पन्न
चैत १६, २०८० शुक्रबार