चितवनबाट लागुऔषधसहित दुई जना पक्राउ
नेपालबहस संवाददाता
साउन १७, २०७६ शुक्रबार १३:४३:२३
मुग्लिन । चितवनमा प्रतिबन्धित लागुऔषधसहित दुई जनालाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–८ बस्ने १९ वर्षीय सनम प्याकुरेल क्षेत्री र गोरखाको सुलिकोट गाउँपालिका–८ बस्ने २४ वर्षीय गणेश गुरुङलाई फेनेरागन ६ एम्पुल, डाइजापाम ६, बुप्रिनुफिन ६ एम्पुल, नाइट्राजेपाम ट्याब्लेट ‘नाइट्राभेट’ १० लेखेको लागुऔषध डाइजेपामसहित भरतपुर महानगरपालिका–९ स्थित परमानन्दचोकबाट पक्राउ गरिएको हो ।
चितवन प्रहरीले उनीहरुलाई मोटरसाइकल गस्तीमा रहेका बेला शङ्कास्पद लागेपछि खोजतलास गर्दा उक्त लागुऔषधसहित बुधबार पक्राउ गरी बिहीबार सार्वजनिक गरेको हो ।
पक्राउ परेका दुवैलाई लागुऔषध नियन्त्रण ऐन, २०३३ को दफा ४’च’ बमोजिम लागुऔषध मुद्दामा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहाजिरी जमानतमा रिहा भए कृष्णबहादुर महरा
चैत ९, २०८० शुक्रबार
नन्दकिशोरका दुई पुत्रको सुन र सहकारीमा कसुर नै कसुर
चैत ९, २०८० शुक्रबार
सीआईबीले लिएको दुइदिने बयानमा महराद्वारा आरोप अस्वीकार
चैत ८, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
नेपालमा बस्छन ६० देशका अवैतानिक वाणिज्यदूत
चैत १५, २०८० बिहिबार