सन्दीपको टोरन्टो नेसनल्सद्धारा ग्लोबलमा अर्को हार
नेपालबहस संवाददाता
साउन १९, २०७६ आइतबार १५:५:५१
काठमाडौं । नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित टोरन्टो नेसनल्सले ग्लोबल टी–२० क्रिकेटमा अर्को हार ब्यहोरेको छ ।
शनिबार राति भएको खेलमा टोरन्टो क्लब ब्राम्पटन वुल्भ्ससंग ११ रनले पराजित भएको हो । पहिलो ओभरमा निकै खर्चिला देखिएका सन्दीपले त्यसपछि आफुलाई सन्तुलनमा ल्याएका थिए । चार ओभर बलिङ गरेका उनले ४४ रन खर्चिएर १ विकेट लिए ।
पहिला ब्याटिङ गरेको वुल्भ्सले निर्धारित ओभरमा ६ विकेट गुमाएर २ सय २२ रन बनाएको थियो । बाबर हायातले १८ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै नटआउट ४८ रन बनाएपछि वुल्भ्सले ठुलो स्कोर खडा गरेको थियो ।
उसका लागि जर्जी मुन्सेले सर्वाधिक ६६ रन बनाए । कप्तान कोलिन मुन्रोले २८ तथा नितिस कुमारले २६ रन जोडेका थिए । २ सय २३ रनको जवाफी ब्याटिङमा निस्किएको टोरन्टोले ७ ओभरको क्षतिमा २ सय ११ रन मात्र बनाउन सक्यो । कप्तान युवराज सिंहले २२ बलमा सवाृधिक ५१ रन बनाएपनि टोलीलाई जिताउन भने सकेनन् ।
सन्दीप सम्मिलित टोरन्टो ४ खेलमा मात्र एक जित निकाल्दै २ अंक सहित तालिकाको पाँचौ स्थानमा छ । उल्भ्स ४ खेलमा सतप्रतिशत जित सहित शीर्ष स्थानमा रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएसीसी प्रिमियर कपमा नेपाल हङकङसँग पराजित
बैशाख ८, २०८१ शनिबार
आइपिएलमा आज दिल्ली र सनराइजर्स खेल्दै
बैशाख ८, २०८१ शनिबार
चेन्नईमाथि लखनउको सहज जित
बैशाख ८, २०८१ शनिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
नेपालबहस संवाददाता
बैशाख ६, २०८१ बिहिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा
बैशाख ८, २०८१ शनिबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
एमाले परिषद् बैठकः आन्तरिक शुद्धीकरणसहित राष्ट्रिय शक्ति निर्माणमा केन्द्रित
बैशाख ८, २०८१ शनिबार
एसीसी प्रिमियर कपमा नेपाल हङकङसँग पराजित
बैशाख ८, २०८१ शनिबार
राहदानीको फिचर्स परिवर्तन र एमआरपी खरिदमा मुख्यसचिवदेखि सुरक्षा सल्लाहकारसम्म तानिने
बैशाख ८, २०८१ शनिबार
सुधारिनेभन्दा झन् अराजक बाटोमा दौडिरहेको राजनीतिलाई कसले बाटोमा ल्याउने ?
बैशाख ८, २०८१ शनिबार
अब आन्तरिक कलह हट्नुपर्छ : नेतान्याहु
बैशाख ८, २०८१ शनिबार
सगरमाथा आरोहण उत्साहजनक : आरोहणबाट उठ्यो ५० करोडभन्दा बढी राजस्व
बैशाख ८, २०८१ शनिबार