नाग पूजा पर्यावरणीय सन्तुलनको सङ्केत
नेपालबहस संवाददाता
साउन २०, २०७६ सोमबार १३:६:१६
सरोज आचार्य /रासस
काठमाडौं । साउन शुक्ल पञ्चमीका दिन सोमबार सर्वत्र नाग पूजा गरी मनाइँदै छ । नागको पूजा अर्चना गरिने दिन भएकाले नै यो दिन नागपञ्चमी कहलिएको हो ।
वर्षाले गिलो भएको जमिनबाट ओभानो स्थानमा नाग आउने जोखिम भएकाले यो दिन नागको पूजा गरी मनाउने गरिएको विश्वास गरिन्छ । हिन्दु धर्मका शास्त्रमा अनन्त, वासुकी, तक्षक, कुलिर, कर्कट, शङ्ख, पद्म र महापद्म यी आठ नागको विशेष वर्णन गरिएको छ । नागपञ्चमीमा यिनै नागको स्मरण गर्दै पूजाअर्चना गर्ने प्रचलन छ ।
काठमाडौं सिनामङ्गलका कर्मकाण्डी व्राह्मण मनोज भण्डारीका अनुसार हरिशयनी एकादशीका दिन नारायण शेषनागमा जलशयनी हुने र हरिबोधनीका दिन जलबाट धर्तीमा आउने गर्छन् । यस अवसरमा चोखो कपासको नाग बनाएर इनार, कुवा, दह, खोलालगायतका पानीका स्रोत नजिकै पूजा गर्ने परम्परा रहिआएको छ । यस्तै घरको प्रवेशद्वारमा नागको तस्बिर टाँस्ने र दुबो, दूध चढाएर धूप धुँवार गर्ने चलन पनि छ ।
भक्तपुर चाँगुनारायणस्थित कलामसी–८ मा रहेको पाँचटाउके कल्पेश्वर नाग, काठमाडौंमा भचाखुसीमा रहेको घोडेनाग, इटुम्बहालको जलनाग, टेकुको टेकुनाग, ठमेल गल्कोपाखाको हरिनाग, थानकोटको नागढुङ्गा, टौदह, टुँडिखेलको मीननाग र पुशपतिनाथका द्वारपालका रूपमा पूज्य वासुकी नागको यो दिन भव्य पूजा गरिन्छ ।
यी नागको अर्चना गर्दा वर्ष दिन सहरवासीलाई नागदोषले पिरोल्दैन भन्ने मान्यता रहेको वटु नाथेश्वर गुठीका भाइकाजी महर्जन बताउनुहुन्छ । यी नागमा पञ्चमीका दिनबाहेक पनि अर्चना गर्ने गरिँदै आएको छ ।
समाजसेवी पवन तण्डुकारका अनुसार नक्सालस्थित नागपोखरीमा स्थानीय युवाले यसलाई महोत्सवकै रूपमा मनाउँने गर्छन् । कल्पेश्वर नाग कलमसीमा पनि नाग महोत्सव आयोजना गरिएको छ, यहाँ नागचित्र कुँदिएको २७ वटा ढुङ्गेधारा बनाउने योजना रहेको वडा अध्यक्ष परासर सापकोटाले जानकारी दिए ।
नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान ‘नास्ट’का वरिष्ठ वैज्ञानिक एवं नास्टका प्रवक्ता डा.सुरेश ढुङ्गेल भन्छन्, “मानव सभ्यताको विकास क्रमसँगै मानिसलाई नागले त्रास दिलाएकाले यसको पूजा गर्ने चलन बसेको हो ।
आगो, पानी, वायुलगायतबाट पनि मानिसलाई त्रास भयो, ज्यानै जानेसम्मका घटना हुँदै गएकाले लेखपढ गर्ने मानिसको कमी भएको बेला जान्नेले यसबाट बच्न र समाजमा पर्यावरणीय सन्तुलनको चेतना जागृत गराउन यस्तो पूजाअर्चनाको चलन बसेको हो । ”
पुरातत्व विभागका महानिर्देशक एवं पुरातत्वविद् दामोदर गौतमका अनुसार पानीमा नाग रहन्छ, पानी सबैलाई चाहिन्छ, यसैले ढुङ्गेधारा, कुवा, इनार बनाउँदा पानीका स्रोत स्थानमा पुर्खाले कलात्मक नागचित्र बनाउने गरेका हुन् । “नाग त पानी नभएको स्थानमा पनि हुन्छ, यो परम्परागत विश्वासका आधारमा मात्र बनेका हुन्, यसो भए पनि यो कला अनुपम र पुरातात्विक महŒवका सम्पदा बन्न पुगेको ”, उनको भनाइ छ ।
ज्योतिषशास्त्रमा कालसर्प योगको चर्चा भए पनि केहीले भ्रामक रूपमा प्रचार गरिरहेका छन् । ज्योतिषी होमराज सुवेदी ‘जयबागेश्वरी’ले नक्षत्र विज्ञानअनुसार भरणी नक्षत्रका देवता काल र अश्लेषा नक्षत्रका देवता सर्प मानिएकाले कालसर्प योगको चर्चा आएको हो । राहु र केतुभित्र सम्पूर्ण ग्रह अटाउँदा कालसर्प योग बन्छ, राहु केतुलाई छोडेर कुनै ग्रह बाहिर बस्छ भने आंशिक कालसर्प योग बन्छ भने पूरै भित्र रहँदा पूर्णकाल सर्पयोग बन्छ ।
जन्मकुण्डलीमा नै नागदोष भएकाले यो दिन नागको पूजा गर्दा राम्रो हुने ज्योतिषी डा। सुनील सिटौला बताउछ । पशुपतिनाथका द्वारपाल वासुकीमा पुजारीले दिनरात थाल ठटाएर वासुकीलाई जागा गराउने भएका छन्, यी वासुकी सुस्तश्रवणका छन् भन्ने मान्यता छ ।
काठमाडौं न्युरोड सिद्धिचरणचोक छेउ दफ्तरमा रहेको नागदेवतामा पनि सोमबार भव्य पूजा हुँदै छ । राजा गुणकामदेवका पालाअघि नै यो नाग दफ्तरमा रहेको अनुमान छ ।
स्थानीय ६५ वर्षीय धर्म शाहीका अनुसार यो नाग साक्षात् नाग मानिन्छ । दफ्तर क्लबका अध्यक्ष राकेश शाहीले यो नागको भव्य पूजन हुँदै आएको जानकारी दिँदै नागमा जुठोपुरो राख्दा अनेक रोग लाग्ने गरेको र नाग देवतामा जथाभावी गर्नै नहुने अनुभव सुनाए, डडेलधुराको नाग आकृतिको नागेश्वर महादेवमा यो दिन भक्तजनको मेला लाग्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरुसी सेनामा २ सयभन्दा बढी नेपाली भर्ती
मंसिर २५, २०८० सोमबार
कीर्तिमानी सगरमाथा आरोही बुढालाई प्रधानमन्त्रीले दिए बधाई
जेठ ९, २०८० मंगलबार
सिर्सिया नदीको दुषित पानी बोकेर काठमाडौं आउँदै पीडित
जेठ ८, २०८० सोमबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
सिराहामा बाहिरियो नेपाली विषयको प्रश्न पत्र
चैत १६, २०८० शुक्रबार
सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु
चैत १६, २०८० शुक्रबार
कम्युनिष्टसँग सहकार्य गर्दा कांग्रेसले गुमाएको गौरव
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार
क्रिप्टो संस्थापक ब्याङ्म्यान–फ्राइडलाई २५ वर्ष जेल सजाय
चैत १६, २०८० शुक्रबार
अन्तर्राष्ट्रिय अदालतद्वारा गाजामा निर्बाध सहायता अनुमति दिन आदेश
चैत १६, २०८० शुक्रबार