सार्वजनिक शौचालयमा किराना पसल
नेपालबहस संवाददाता
साउन २०, २०७६ सोमबार १५:१९:२
डोटी । जिल्लाको दिपायल सिलगढी नगरपालिका–४ पिपल्लामा आम नागरिकका लागि निर्माण गरिएको सार्वजनिक शौचालयमा एक महिलाले आफ्नो निजी किराना पसल सञ्चालन गरेकी छन् । दिपायलकी स्थानीय खन्टी केसी नामक महिलाले उक्त सार्वजनिक शौचालयमा वर्षौंदेखि आफ्नो निजी किराना पसल सञ्चालन गरेकी छन्।
सार्वजनिक शौचालयमा किराना पसल खोल्दै शौचालय निजी बनाएपछि अहिले बटुवा तथा स्थानीयलाई शौच गर्नलाई निकै सास्ती भएको पिपल्लाका स्थानीय भरत खड्काले बताए । उनले भने., “सार्वजनिक शौचालयमा पसल खोलिएको छ, शौचालय व्यक्तिगत बनाउँदा अन्य बटुवा तथा यात्रुलाई समस्या भएको छ ।”
विसं २०७४ मा डोटी उद्योग वाणिज्य सङ्घको पहलमा निर्माण भएको उक्त सार्वजनिक शौचालय अहिले निजी बनाएपछि स्थानीय आक्रोशित बनेका छन् । करीब रु छ लाख ३१ हजारको लागतमा उक्त सार्वजनिक शौचालय निर्माण गरिएको स्थानीयवासी तथा डोटी उद्योग वाणिज्य सङ्घका पूर्वसदस्य गणेशबहादुर साउदले जानकारी दिए। उक्त सार्वजनिक शौचालयमा तत्कालीन सुदूरपश्चिम खानेपानी तथा सुपरिवेक्षण कार्यालय दिपायल, राजपुरले रु तीन लाख ६९ हजार सहयोग गरेको थियो भने बाँकी रकम डोटी उद्योग वाणिज्य सङ्घले बेहोर्ने गरी निर्माण गरिएको उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष नरेन्द्रबहादुर खड्काले बताए।
सार्वजनिक रुपमा आम नागरिकका लागि निर्माण गरिएको उक्त शौचालयमा खानेपानी कार्यालयले चौबीसै घण्टा पानी निःशुल्क दिँदै आएको छ । उक्त शौचालयको एक कोठामा खन्टी केसीले आफ्ना बाख्रा तथा कुखुरा राखेकी छन् भने अर्को कोठामा भएको शौचालय आफूले प्रयोग गर्दै आएको स्थानीयको आरोप छ । सार्वजनिक ठाउँमा नागरिकका लागि निर्माण गरिएका शौचालय व्यक्तिले आफ्ना निजी बनाउन थालेपछि अहिले बटुवा तथा यात्रुले पिपल्ला बजारका सार्वजनिक ठाउँको प्रयोग गर्दै शौच गर्न बाध्य भएको स्थानीय हर्क बोहराले बताए ।
उता दिपायल सिलगढी नगरपालिका–४ का वडाध्यक्ष वीरेन्द्र शाहले आफ्नो वडामा निर्माण भएका सार्वजनिक शौचालयमा कर्मचारी राख्ने तथा सरसफाइ गर्नका लागि पहल भइरहेको बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरुसी सेनामा २ सयभन्दा बढी नेपाली भर्ती
मंसिर २५, २०८० सोमबार
कीर्तिमानी सगरमाथा आरोही बुढालाई प्रधानमन्त्रीले दिए बधाई
जेठ ९, २०८० मंगलबार
सिर्सिया नदीको दुषित पानी बोकेर काठमाडौं आउँदै पीडित
जेठ ८, २०८० सोमबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
सिराहामा बाहिरियो नेपाली विषयको प्रश्न पत्र
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पास गर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु
चैत १६, २०८० शुक्रबार
कम्युनिष्टसँग सहकार्य गर्दा कांग्रेसले गुमाएको गौरव
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार
क्रिप्टो संस्थापक ब्याङ्म्यान–फ्राइडलाई २५ वर्ष जेल सजाय
चैत १६, २०८० शुक्रबार